काठमाडौं महानगरपालिकाका नायव सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १ लाख ७ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।
महानगरको सामाजिक विकास विभागका नायव सुब्बा कृष्णप्रसाद सोतीलाई अख्तियारको टोलीले सोमबार घुससहित नियन्त्रणमा लिएको हो । सोती कांग्रेसनिकट स्थानीय तह कर्मचारी युनियन नेपालका काठमाडौं महानगरपालिकाका अध्यक्ष हुन्।
सोतीले सेवाग्राहीसँग सामाजिक विकास विभागमार्फत आएको रकमको कार्य सम्पादन गरी रकम भुक्तानी गरे वापत घुस माग गरिरहेको उजुरीको आधारमा अख्तियारको टंगालस्थित टोलीले पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।






