नेविसंघका ६ नेता पक्राउ

नेपाल विद्यार्थी संघ (नेविसंघ) पोखरा इन्जिनियरिङ कलेज फिकेका ६ जना नेताहरू पक्राउ परेका छन् । उनीहरूलाई बैदाम प्रहरीले भर्खरै पक्राउ गरेको हो ।

उनीहरूलाई पोखरा इन्जिनियरिङ कलेजको स्ववियु कार्यालय तोडफोड गरेको आरोपमा पक्राउ गरिएको वैदाम प्रहरी प्रमुख कोमल शाहले जानकारी दिए ।

पक्राउ पर्नेमा नेविसंघका नेता टेनिस श्रेष्ठ, निश्चल पाण्डे, नन्दलाल सापकोटा, राजीव भण्डारी, फिरोज सुवेदी र विकास रानाभाट छन् ।

क्याम्पसको स्वतन्त्र विद्यार्थी परिषदले क्याम्पसका कार्यक्रमहरूमा राजनीतिकरण गरेको भन्दै नेविसंघले केही दिनअघि परिषद्मा ताला लगाएको थियो ।

उक्त ताला सोमबार नेविसंघसंग समन्वय नगरी तोडिएपछि नेविसंघ तोडफोडमा उत्रिएको थियो ।

यसैबीच पक्राउ परेका आफ्ना विद्यार्थी नेताहरूलाई विनाशर्त तत्काल रिहाइ गर्न नेविसंघका निवर्तमान केन्द्रीय सदस्य भानु ढकालले माग गरेका छन् ।