भोजपुरमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा कार्यकर्ताहरुको मुठभेडमा मारिएका प्रहरी जवान संजिव राईको शव हेलिकप्टरबाट खोटाङ पठाईएको छ । गृहमन्त्रालयले संजिवको शव उनको घर खोटाङको हलेसी तुवाचुङ नगरपालिका स्थित बाहुनीडाँडामा पठाएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकोमा उनकाे शव राखिएको थियो
असार २५ गते भोजपुर सदरमुकाम स्थित हटियाको पाँचधारे होटलमा विप्लव कार्यकर्तासंगको मुठभेडमा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी जवान संजिव राई र विप्लव कार्यकर्ता निरकुमार राईको मृत्यु भएको थियो । संजिवको शव लिनका लागि उनकी श्रीमती नमुना, भाइ खडिन्द्र राई, बहिनी चन्द्रमाया र दुई नाबालक छोराहरु धरान आएका थिए ।
खराव मौसमका कारण खोटाङ जाने मोटर बाटो अबरुद्ध भएपछि परिवारले सरकारसंग हवाई मार्गबाट संजिवको शव घर पुर्याइदिन अनुरोध गरेको थियो । उनले वृद्ध बाबुआमा र अन्य दाजु भाइ खोटाङमै भएकाले दाजुको शव घरमै लगी अन्तिम संकार गर्ने आमाबुवाको आग्रह रहेको थियो ।






