अगष्ट १८ देखि सहारा अष्ट्रेलिया कप

सहारा क्लब अष्ट्र्ेलियाले आउँदो अगष्ट १८ देखि सहारा अष्ट्रेलिया कप २०१९ गर्ने भएको छ । १६ टोलीको सहभागिता रहने प्रतियोगिता प्रत्येक साताको आईतबार खेलाईने छ । ५ हप्ता सञ्चालन हुने छ । फाईनल भने १५ सेप्टेम्बरमा हुने छ ।

प्रतियोगिता सिड्नीस्थित राईट एण्ड एशोसियट रकडेलमा आयोजित पत्रकार सम्मेलनमा क्लबले १६ टोलीलाई दुई समूहमा विभाजन गरी नकाउटको आधारमा सञ्चालन गर्ने जनाएको छ । खेलहरु सिड्नीको फाईभ स्पोर्टस करिङबाहमा र फाईनल फ्रेजर पार्क एफसीको मैदानमा आयोजना गर्ने तय गरिएको छ । विजेताले ट्रफीसहित २ हजार अष्ट्रेलियन डलर प्राप्त गर्ने छ । उपविजेताले १ हजार डल पाउने छ ।

सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीले प्रतियोगिता पोखरामा आयोजना हुने आहा रारा गोल्डकप जस्तै हुने स्पष्ट पारे । उत्कृष्ट खेलाडी छनोट गरी सहारा क्लब पोखराले आयोजना गर्ने प्रतियोगितामा सहारा अष्ट्रेलियाको टोली तयार गरी सहभागिता जनाउने छ । प्रतियोगितामा फेवा एफसी, सगरमाथा एफसी, द राईजिङ गोर्खा एफसी, हिमालयन युथ क्लब, माछापुच्छ«े क्लब, डाँफे एफसी, हन्र्सबी एफसी, सिड्नी नेप्लिज फुटबल क्लब, बेनी एफसी, द बिग्रेड क्लब, था. से. सा एफसी, तामाङ रिक्रियसनल क्लब, सेन्ट जर्ज नेप्लिज क्लब, सेन्ट जर्ज फ्रेण्ड्स क्लब, कम्पाईज फुटबल क्लब र क्लब नेपालको सहभागिता रहने छ । प्रतियोगितालाई ८८४८ ले प्रायोजन गरेको छ ।