मलेसिया विरुद्ध टी-२० अन्तर्राष्ट्रिय सिरिजमा क्लिन स्वीप

नेपालले मलेलिया विरुद्धको दुई खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजमा क्लिन स्वीप गरेको छ । पहिलो खेल ७ विकेटले जितेको नेपालले दोस्रो खेलमा भने रोमाञ्चक एवं प्रतिस्पर्धात्मक ६ रनले जित निकाल्दै सिरिजमा क्लिन स्वीप गरेको हो । नेपालले आइतबार भएको दोस्रो खेलमा मलेसियलाई ६ रनले पराजित गर्‍यो। यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो।

क्वालालम्पुरस्थित किनरारा ओभलमा पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७३ रन जोड्यो। जवाफी ब्याटिङ गरेको मलेसियाले ७ विकेट गुमाएर १६७ रन मात्र जोड्न सक्यो। नेपाली हिटर व्याट्सम्यानको रुपमा चिनिएको विनोद भण्डारीले २५ बलमा ५१ रनको अर्धशतकीय पारी खेले ।

उनले ३ चौका र ५ छक्का हिर्काउँदै महत्वपूर्ण योगदान दिएका हुन् । शरद भेषवाकरले पनि ४० रन बनाए । करण केसीले १६ रन बनाए । छक्का प्रहार गर्ने क्रममा उनी क्याच आउट हुदैं पवेभिलयन फर्किएका थिए । उनले विनोदसँग उत्कृष्ठ साझेदारी गर्ने सम्भावना देखाएपनि क्याच आउट भए । बलिङमा मलेसियाका फित्री सामले ३ विकेट लिए। उनले ३ ओभरमा २६ रन खर्चिए।