भट्टीवाली दीपासँग आर्यन सिग्देलको रोमान्स (भिडियोसहित)

फिल्म हजार जुनीसम्मको नयाँ गीत सार्वजनिक गरिएको छ । एमजी रोडैमा गीतको सफलतापछि निर्माण टिमले ‘आज नगद भोली उधारो’ बोलको गीत सार्वजनिक गरेको हो ।

जुन गीतमा चर्चित नायक आर्यन सिग्देल र अभिनेत्री एवं निर्देशक दीपा श्री निरौला फिचर्ड रहेका छन् । गीतमा स्वस्तिमा खड्का , डेब्यु नायक अक्की प्रधान, शिवहरि पौडेल, उत्तम केसी पनि देखिएका छन् ।

सार्वजनिक गीतमा प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्रीको आवाज रहेको छ भने बसन्त सापकोटाको संगित र एक नारायण भण्डारीको शब्द रहेको छ । भिडियोमा कबिराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्ममा संचिता लुइँटेल, प्रियंका कार्की, अनुभव रेग्मी, सलोन बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्ममा कविता रेग्मीको रुपमा कबिता रेग्मी रहेकीछिन् भने बिशाल चाम्लिङ निर्माताको रुपमा रहेका छन् ।फिल्म भदौ ६ मा रिलिज हुँदैछ ।