२ मजदूरबीचको विवादले उग्ररुप लिँदा कास्कीको १ जनाको ज्यान गएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, धामलेमा बन्दै गरेको नयाँपुल–घान्द्रुक सडकमा काम गर्ने मजदूरहरू २६ वर्षीय रुद्र मगर र ४२ वर्षीय रामबहादुर गुरुङबीचको विवादसँगै झगडा हुँदा रामबहादुर गुरुङको मृत्यु भएको हो ।
प्रहरीका अनुसार सामान्य विवादको क्रममा ओखलढुंगाको सुनकोशी गाउँपालिका–४ का मगरले स्याङ्जा ज्यामिरेका गुरुङको टाउकोमा उत्तिसको लौरोले हिर्काएका थिए ।
टाउकोमा उत्तिसको लौरो बजारिएपछि गुुरुङको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले रुद्र मगरलाई नियन्त्रणमा लिएर कारवाही अगाडि बढाएको छ ।






