समीर र सुरेखाको लभ लेटर आयो (भिडियोसहित)

गायक समिर आचायृ र गायिका सुरेखा क्षेत्रीको गीत लभ लेटर सार्वजनिक भएको छ । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा चर्चामा रहेका दुई गायक, गायिकाकोे पहिलो सहकार्य रहेको लभ लेटर गीत भिडियो सहित 8K एभरेष्ट मोसनको युटुव च्यानल मार्फत केही बेर अघि मात्र सार्वजनिक भएको हो ।

सन्तोष सुनार शब्द संगीत रहेको यस गीतको भिडियोमा राजीव समरको कोरीयोग्राफी र राम केसीको सीनेमाटोग्राफी रहेको छ भने मञ्जील बस्नेत र आँचल शर्माको अभिनय रहेको यस गीतमा भी आइ पी रोलमा राहुल साह रहेका छन् । दाङ जिल्लामा जन्मेका गायक समिर अष्ट्रेलियामा रहेर पनि एक पछि अर्को हिट गीत दिंदै आएका गायक हुन् भने गायिका सुरेखा भारतको आसाम निवासी तथा पछिल्लो समय सांगीतिक रियालिटी शो भ्वाईस अफ नेपालबाट अत्याधिक चर्चामा आएकी गायिका हुन् ।

सांगीतिक पृष्ठभुमी बोकेको परिवारबाट आएका समिर आचार्यका यस अघिका गीतहरु हैन भन्देउन, दुनीया बेग्लै छ, चट्ट सलाम छ, पीच रोड, घाममा सुकाइदेउ, स्यानोमा स्यानो लगायतका गीतहरु अत्याधिक चर्चामा रहेका गीत हुन् भने आसामिस गीत, नेपाली भएनी आसामिया हुँ म,मोन शिला,एका बेका कोथा लगायतका गीत हुँदै नेपाली संगीत क्षेत्रमा प्रवेश गरेकी सुरेखा बलियो गायन क्षमता बोकेकी गायिका हुन् ।

‘लभ लेटर’ गीत मार्फत सुरेखाले नेपाली संगीतमा नया इन्ट्री गरेकी हुन् ।