विगतका सरकारले विषादी परिक्षण गरेर मात्रै तरकारीको आयात गर्नुपर्छ भन्ने सम्मपनी हेक्का पाएनन जसका कारण नाकामा विषादी परिक्षण गर्नका निम्ति आवश्यक पुर्वाधार नै थिएन । वर्तमान सरकारले नयाँ सोच सङ्गै जनताको स्वास्थ्यमा असर नपरोस भनेर काम सुरु त गर्यो तर उपकरण नहुँदा नाका अस्तव्यस्त बन्न पुग्यो । यसै कुरालाइ आधार बनाएर घोच्न मात्रै पल्केका तर सोच्ने फुर्सद नभएका हामिले भारतिय दबाबले गर्दा सरकार झुक्यो भन्दै सरकारलेनै विषादी खाए खा नखाए घिच भनेको झै आवाज उठाइरहेका छौं ।
सोच्नु पर्ने कुरा के छ भने यदि नेपालबाट भारत निर्यात हुने कृषिजन्य वस्तु भारतले नाकामा रोकेर दिल्ली लगेर परिक्षण गर्छु अनि मात्र आयात गर्छु भन्यो भने हामी स्वत भारतलाइ दुष्मन देख्छौं र हाम्रा कृषकले सास्ती पाउँछन् त्यो हामिलाइ सह्यिय हुँदैन । नाकामा नेपालको परिक्षण गर्ने उपकरण नभएको र काठमाडौ ल्याएर परिक्षण गरि गुणस्तर पत्ता लगाउने बेलासम्म सबै तरकारी कुहिएर जान सक्ने भएकाले सरकार पछि हट्नु परेको हो ।
आवश्यक प्रविधिको व्यवस्था नगरी उध्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले परिक्षण गर्ने नीति लिँदा अहिले यो अवस्था आइरहेको हो । भारतका कसैले दबाब दिएर होइन । बरु अब आवश्यक प्रविधी नाकामै व्यवस्था गरेर जतिसक्दो छिटो फेरि विषादी परिक्षण गर्ने व्यवस्था गर्न दबाब सिर्जना गरौं ।अन्य धेरै राम्रा काम गर्दै गर्दा यो काम भने सरकारले कमजोरीपुर्ण ढंगले काम गर्न खोजेकाले सरकारको कमजोरीको विरोध गरेका हौं । यो विषयमा सरकार चुकेकै हो तर कसैसँग झुकेको हुँदै होइन । अफाह फैलाउने काम बन्द गरौं ।।




