क. प्रचण्ड,
तपाई र तपाई मार्फतका बादल कामरेडहरु ! जे होस् र जस्तो होस्, तपाईंहरुलाइ हार्दिक अभिवादन टक्र्याउछु ।
जीवनको कुनै प्रवाह नगरी बर्षौबर्ष तपाईंहरुकै कमण्डमा डौडिने एकजना सामान्य कार्यकर्ता हुँ म । कार्यकर्ता, सिपाही, योद्धा, सहयोद्धा जे भनेपनी ऐतिहासिक जनयुद्धको एउटा सहयात्री ! उहीँ समरमा छु आजपनि म, उहीँ मैदानमै छु । जुन मैदानमा हिजो देश अनि दुनियाँको भाग्य र भबिस्य कोर्न भनी तपाइँहरुकै नेतृत्वमा समर्पित भएको थिएँ । जहाँ जीवनका लाखौं उर्वर समयहरु तपाइँहरुकै आदेशमा डौडिएका थिए । हो म त्यहीँ छु आजपनि, जहाँ मुक्ति या मृत्युको कसम तपाईंहरुको प्रत्येक भाषण र काशनमा सुन्ने गर्थें, अनि हामी गौरवका साथ लागू गर्न आतुर हुन्थ्यौ ।
आहा ! कति सुन्दर सपनाका कुरा थिए । लक्ष्य र बिचार कति उच्च एवं महान थिए । एकपटक प्रचण्डलाई देखेर मर्नपाए आफुलाइ भाग्यमानी ठान्ने सिपाही थियौं हामी । हजारौं प्रिय सहयोद्दाहरु प्रचण्डलाई नदेखेरै सहिद भए । तर तपाईहरु आज यहाँ हुनुहुन्न ! यहाँबाट लाखौं कोष टाढा जहाँ र जसरी जुन ठाउँमा हुनुहुन्छ, त्यो करोडौं जनता, लाखौं योद्धा, हजारौं सहिद, हजारौं बेपत्ता, हजारौं घाइते-अपांगहरुको कल्पना भन्दा निकै बाहिरको कुरा थियो ।
हिजो तपाईहरुलाई प्रशंसा गर्ने शब्दावलीहरुका अभाव हुन्थे । विडम्बना ! आज तपाईंहरुलाइ धिक्कार्ने, गाली गर्ने, निन्दा गर्ने र सराप्ने शब्दहरु नै अपुग छन् । यस्तो अकल्पनीय दुर्दशा आउला भन्ने कुनै कल्पना र सोच नभएको एउटा सामान्य कार्यकर्ता हुँ म । तर आज आफैलाइ कठोर विडम्बना र लज्जित अनुभुती हुन्छ । हो आज त म तपाइँहरुको घनघोर दुश्मन पो भएको छु ! तपाईंहरुको नजरमा खतरनाक वैरी, अराजक, आतंककारी, लुटेरा, हिंसाप्रेमी, राजद्रोही, विध्वंसकारी के के हो के के म सबै भएको छु । हो “कहिँ नभएको जात्रा हाडी गाउँमा” नै भएको छ यहाँ । यतिबेला तपाईंहरुद्वारा प्रतिबन्धित जुन एउटा जिम्मेवार राजनैतिक पार्टी छ, त्यहीँ पार्टीको एउटा सिपाही पनि हुँ म ।
अनावश्यक रुपमा उक्साएर अनावश्यक परिचालन गरिराख्नु भएको छ । के हो यो ? सत्ताको उन्माद हो या बर्ग उत्थानको कारुणिक बाध्यता ? साम्राज्यवादको नुनको सोझो या मतिभ्रष्टको परिणाम ?
हिजो तपाहरुलाइ आलोचना गर्ने, टिप्पणी गर्ने र औला ठड्याउने हैसियतमा थिएन म । त्यो बेला तपाइहरुलाई महान लाग्थ्यो, बर्गिय क्रान्तिका वाहक लाग्थ्यो । तर आज खबरदारी, गाली र दुत्कार्ने हैसियतमा स्वयं तपाइहरु हुनुहुन्न । गाली बेइज्जतीको पात्र बन्न पनि न्युनतम हैसियत चाहिदोरहेछ क्यारे । संसारभरिका सम्पुर्ण अपवित्र शब्दहरुको खोजी गरि तपाईहरुलाइ जति सरापे पनि त्यो कमै हुन्छ होला । नचाहिदो सिमाभन्दा पनि हजारौं माइल पर पुगिसक्नुभो तपाइहरु । किनकी तपाईहरु क्रान्तिबाट संसदवाद, संसदवादबाट फासिवाद र फासिवादबाट पतनको बाटोमा राम राम मात्र भन्नसकिने गरि निकै टाढा डौडिसक्क्नुभो । तपाईहरु आफैले उठाएका अधुरा राजनैतिक एजेन्डाहरु पुरागर्न निस्वार्थ भावले तम्सेका आफ्नै सहकर्मिलाइ सत्ता र शक्तिको चरम दुरुपयोग गरि प्रतिबन्ध, दमन, गिरफ्तार, जेल-नेल, राज्य आतंक र गैरन्यायिक हत्यासम्मका शताव्दीकै घृणित र निन्दनिय कार्य गर्दै हुनुहुन्छ तपाईहरु ।
कठै ! कस्तो लोकतन्त्र है तपाईंहरुको ? सार्वजनिक रुपमा आफ्ना अभिव्यक्तिहरु जनतामाझ लिन पाउने नैसर्गिक अधिकारमाथिको यति उग्र राजकिय दमन सायद कहिल्यै देखिएन । न बिद्रोहिले हतियार उठाएको बेला छ ! न कुनै युद्धको घोषणा भएको समय छ ! तर तपाईंहरु राज्यका सम्पुर्ण फौजी शक्तिलाई भयानक गृहयुद्धको अवस्थामा झैं अनावश्यक रुपमा उक्साएर अनावश्यक परिचालन गरिराख्नु भएको छ । के हो यो ? सत्ताको उन्माद हो या बर्ग उत्थानको कारुणिक बाध्यता ? साम्राज्यवादको नुनको सोझो या मतिभ्रष्टको परिणाम ?
कम्तीमा भूमिगत वा प्रतिवन्धित पार्टी र संगठनहरुमाथि पनि उनीहरुले आफ्नो कार्यक्रम सकेपछि मात्र त्यसका नेता–कार्यकर्ताहरुलाई गिरफ्तार गरिन्छ नि हैन र ? तर तपाईहरु राणाकालिन र पन्चायतकालिन बर्बरतालाई उछिन्ने गरि किन यति धेरै भयानक फासिवादी अभ्यासमा मैमत्त हुनुहुन्छ ? शान्तिपुर्ण कार्यक्रमलाई निषेध गर्ने, लाठि चार्ज गर्ने, उनीहरुलाई गंभिर घाइते वनाउने, पार्टीका नेता कार्यकर्ताहरुलाई कष्टडीमा हुल्ने, कब्जामा लिएर निर्मम यातना दिएर बीभत्स हत्या गर्ने, जुन हिटलरी दुस्साहस गरिरान्ख्नुभएको छ, यो स्वयं तपाईहरुका निम्ति राजनीतिक इतिहासमा ठूलो धक्का सावित हुनेछ भन्ने अलिकति ज्ञान छकिछैन !
नेपालमा राजा महेन्द्रबाट नेपालका सबै राजनीति पार्टीहरूमाथि प्रतिबन्ध लगाइयो र महान १० बर्षे जनयुद्धलाई पनि दुनियाँका साम्राज्यवादी तत्वहरु मिलेर प्रतिबन्ध र चरम दमन गरेकै त थिए । खै दमन र प्रतिबन्धले कहाँ रोकिए र न्यायपुर्ण युद्धहरु ।
क्रान्तिसंग खेलवाड गर्ने कुरा आगोसंग खेल्नु बराबर हो भन्ने कुरा किन यति चाडै बिर्सनुभो ? ब्यक्तिगत स्वार्थ, सुख, सुविधा, लोभ, लालच, महल, कुलिन, शान र शौकातको कुनै प्रवाह र मोह नभएकाहरु संसारमा जस्तोसुकै यातना र प्रताडनाका लागि तयार हुन्छन् भन्ने कुरालाई तपाईहरुले यति चाँडै विर्सन हुदैनथ्यो ।
तपाईहरुलाइ लाग्दो हो, क्रान्तिकारी शक्तिलाई प्रतिबन्ध लगाएर देशीविदेशी प्रभुहरुलाइ खुसी पार्यौ, क्रान्तिकारीहरु कम्जोर भए, हाम्रो लुटको स्वर्ग लामो समय टिक्नेभो । तर तपाईहरुलाइ थाहा छ कि छैन दलाल पुँजीवादका पक्षमा उभिएर हाम्रो पार्टीलाई प्रतिबन्ध लगाउदा देशको क्रान्ति र परिवर्तनका विरुद्ध गरिएको यसप्रकारको प्रतिबन्धले तपाइँहरुको फासिवादी चरित्रको पर्दाफास मात्र भएको छैन, यसले देशका सम्पूर्ण स्वाभिमानी नेपाली जनतालाई आक्रोशित र उद्वेलित बनाएको छ । प्रतिबन्धबाट देशमा चलिरहेको जनसत्ताका कुनै पनि एकाइहरू अवरुद्ध भएका छैनन् । जनमुक्ति सेनाका कुनै पनि युनिटहरू निष्क्रिय बनेका छैनन् र जनवर्गीय सङ्गठनका कुनै पनि संरचनाहरू विचलित भएका छैनन् ।
तपाइँहरुलाइ थाहा छ नि – जर्मनीमा कार्ल माक्र्समाथि पनि १८४५ मा प्रतिबन्ध र देशनिकाला गरियो । लेनिनमाथि १९०९ मा प्रतिबन्ध लगाइयो । जर्मनीमा १९१९ मा रोजा लक्जम्बर्गमाथि प्रतिबन्ध लादियो । १९७६ मा भारतमा भारतीय कम्युनिस्ट पार्टी र चारु मजुम्दारमाथि पनि प्रतिबन्ध थियो । नेपालमा राजा महेन्द्रबाट नेपालका सबै राजनीति पार्टीहरूमाथि प्रतिबन्ध लगाइयो र महान १० बर्षे जनयुद्धलाई पनि दुनियाँका साम्राज्यवादी तत्वहरु मिलेर प्रतिबन्ध र चरम दमन गरेकै त थिए । खै दमन र प्रतिबन्धले कहाँ रोकिए र न्यायपुर्ण युद्धहरु । जनयुद्धको कहालीलाग्दो दमन र साहसिक प्रतिरोधहरुको याद छ कि छैन हजुरहरुलाइ ? दिलबहादुर रम्तेलदेखि सुरेस वाग्ले सम्म, ललि रोकादेखी कृष्ण सेन इच्छुक सम्म हजारौं हजारले गरेका बलिदानका अद्दितिय कृतिमानहरु सम्झना छ कि छैन ?
खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने प्रतिकृयावादी संसदिय ब्यबस्था ध्वस्त पार्ने तपाइँहरुको जनवादी र समाजवादी आश्वासनमा कति धेरै आमाहरुका काख रित्तिए, कति धेरै दिदिबहिनीहरुका सिन्दुर पुछिए, कति धेरै छोराछोरीहरु टुहुरा बने । के अलिकति पनि संवेदना छैन र ? यसरी संसदिय ब्यबस्थामै आत्मसमर्पण गरि चरम दलाल पुजीवादमा पुग्नु नै थियो भने त्यत्रो नौटङ्की किन ? र आज यत्रो गाइजात्रा किन ? दमनले सत्ता टिक्छ भन्ने भ्रम र कुबुद्दी कहाँबाट आयो तपाईहरुलाइ ? तपाइँहरुले देश टुक्र्याउने लेन्डुपी हर्कतमा हस्ताक्षर गर्नुहुन्छ । राज्यलाई अर्बौ कर नतिर्ने एनसेलमाथि रक्षा गर्ने मुर्खता गर्नुहुन्छ । वैदेशिक रोजगारी खोज्न बाध्य बनाइएका देशका नागरिक– मुख्यतः युवकयुवतीहरूलाई विदेशमा बिक्री गर्ने मानवतस्करको रक्षा गर्नुहुन्छ । हत्या, हिंसा, बलात्कार, महङ्गी, अन्याय, जनघात र पराधिनता थोपर्नुहुन्छ । राज्यले निर्माण गरी देशको आर्थिक मेरुदण्ड बनाउनुपर्ने प्राकृतिक सम्पदाहरु बेच्नुहुन्छ । माथिल्लो कर्णाली, अरुण तीन, बूढीगण्डकी लगायत राष्ट्रिय गौरवका परियोजनाहरू एकाधिकारवादी कम्पनीहरूको हातमा दिनुहुन्छ । दलाल, भ्रष्ट, माफिया, तस्करहरुको संरक्षण गर्नुहुन्छ ।
हिजो तपाईहरुलाई प्रशंसा गर्ने शब्दावलीहरुका अभाव हुन्थे । विडम्बना ! आज तपाईंहरुलाइ धिक्कार्ने, गाली गर्ने, निन्दा गर्ने र सराप्ने शब्दहरु नै अपुग छन् ।
कस्ले सिकायो तपाईहरुलाइ यस्ता राष्ट्रघाती दाउपेच ? के हामी तपाईहरुका सारा प्रतिक्रान्तीलाइ टुलुटुलु हेरेर रमिते बसौं ? नाइ त्यो कदापि संभव छैन । जीवनपर्यन्त हामी राष्ट्र र जनताको पक्षमा लड्छौ। विस्वासघात, धोका, दासता र दलाल पुजीवादी बर्बरता स्वाभिमानी जनतालाइ कदापि स्वीकार्य छैन। राजनैतिक ब्यबस्थासङ्गको संघर्षमा कसैसँग पनि हाम्रो ब्यक्तिगत वैमनस्यता छैन । तर वैज्ञानिक समाजवाद प्राप्तिको यात्रामा आउने सम्पुर्ण बार, बन्धन, काडा, तगारा, चुनौती र अप्ठ्याराहरुको सामना चाहिँ हामी जरुर गर्छौं ।
हाम्रो पार्टी कुनै पनि आदर्शवादका विरुद्ध माक्र्सवाद–लेनिनवाद–माओवादको मार्गनिर्देशनमा चल्ने, कुनै पनि वर्गसमन्वय गरी जनताका विरुद्ध गरिने कुनै पनि षड्यन्त्र र गद्दारीका विरुद्ध वर्गसङ्घर्षको बाटो अवलम्बन गर्ने, मुट्ठीभर दलाल पुँजीपति वर्गको बुर्जुवा अधिनायकत्वका विरुद्ध विशाल जनसमुदायको सर्वहारा अधिनायकत्व प्रयोग गर्ने नीतिमा आधारित रही जनताको सच्चा लोकतन्त्र वा जनतन्त्र प्रयोग गर्ने रहेका कारण हाम्रा सबै निकायहरू अझ सशक्त, अझ जुझारु र विस्फोटक हुनेछन् ।




