दिपक मनाङे पार्टी प्रबेश गर्दा योगेशलाई चिन्ता

सांसद राजीव गुरुङ अर्फ दीपक मनाङे नेकपामा प्रबेश गरेका छन् । गुण्डा नायकेको रुपमा चर्चित दिपक मनाङे मनाख (ख)  बाट निर्वाचित स्वतन्त्र सांसद रहेका मनाङे नेकपामा प्रबेश गर्दा यसले केही चर्चा पायो । गुण्डा नायकेको रुपमा अझै पनि मुद्धा झेलिरहेका उनलाई नेकपामा प्रबेश गराएपछि यसले नेपाली राजनीतिमा तरंग मच्चियो ।

आफैमा बिवादित छबी भएका मनाङेलाई नेकपामा प्रबेश गराईएपछि सामाजिक सञ्जालमा पनि यसको विभिन्न टिकाटिप्पणीहरु भईरहेका छन् । यस्तै समर्थन र असन्तुष्टीकबीच स्थायी समिति सदस्य तथा युवा नेता योगेश भट्टराईले पनि मनाङेको नेकपा प्रबेशप्रति अप्रत्यक्षरुपमा असन्तुष्टी व्यक्त गरेका छन् । उनले ट्वीटरमा एक पोस्ट ट्वीट गर्दै कस्ता कस्ता मान्छेलाई पार्टी प्रबेश गराईदैँछ त्यसमा बिचार गर्नु पर्ने उल्लेख गरेका छन् ।

उनले लेखेका छन् “राजनीतिक पार्टीलाई मान्छे त चाहिन्छ नै तर कस्ता मान्छे रु कस्ता कस्ता ल्यायौरु कस्ता कस्ता ल्याउंदै छौ रु परिणाम् के भैरहेको छ ? राम्ररी बिचार गरौ है ! “अब मनाङे पनि कमरेड भएका छन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टीको विधान हातमा थमाएर पार्टी प्रबेश गराएका थिए ।

उनी सांसद पदमा बिजय भएपछि उनको बिवादित छबी र विभिन्न मुद्धाहरुका कारण उनलाई सपथ ग्रहण गराईएको थिएन। उनलाई पुनरावेदन अदालत पाटले वि।स २०६९ मा ५ बर्षको जेल सजायँ सुनाएको थियो । त्यतीबेला फरार रहेका उनको यस मुद्धा ब्युँतिदा सांसद पदको सपथ खान पाएका थिएनन् । उक्त फैसलाको बिरुद्धमा सर्बोच्चमा निवेदन दिएका थिए । तर सर्बोच्चले पनि पुनरावेदन अदालतकै निर्णय सदर गरेपछि उनी भूमिगत भएका थिए ।

तर प्रहरीले उनलाई बैशाख ७ मा प्रक्राउ ग¥यो । प्रक्राउ परेका उनी नेपालको नयाँ फौजदारी संहिता अनुसार १० बर्षभन्दा कम सजाय हुने मुद्धामा थुनाबाहिर रहेर पनि मुद्धा लड्न पाउँने व्यवस्थाको कारण उनी गत पुष ६ मा जेलबाट रिहा भएका थिए । रिहा भएपछि पनि उनको सपथ ग्रहण अन्यौलमा थियो तर उनले वि।स २०७५ माघ १४ गते सांसद पदको सपथ ग्रहण गरेका थिए । उनी प्रदेशको अर्थ तथा बिकास समितिको सदस्यसमेत रहेका छन् ।