बलिउडमा तीन खान नायकहरुलाई क्एसाथ पर्दामा ल्याउँन फलामको चिउरा चपाउँनु जस्तै मानिँदै आएको छ । कुनै समय आमिर सलमान , सलमान सारुखले एकसाथ फिल्ममा लिड नायकको भूमिकामा काम गरिसकेका छन् ।
त्यसपछि भने लामो समय यी नायकहरु पर्दामा साथ देखिएनन् । तर सलमान र सारुख भने पछिल्लो केही फिल्ममा गेस्ट अपिरियन्सको रुपमा भने काम गरे तर लामो समय पर्दामा उनीहरुलाई एकसाथ हेर्ने चाहाना भने पुरा भएको छैन । सलमान र सारुखले एकसाथ फिल्ममा काम गरे तापनि आमिर र सलमानले भने फेरी दोहो¥याएर काम गरेका छैनन् ।
जबकी यी दुईले सन् १९९४ मा सुपरहिट फिल्म अन्दाज अपना अपना फिल्ममा काम गरेका थिए । पुर्णतय कमेडीधारमा बनेको उक्त फिल्ममा आमिर र सलमानको जोडी पनि खुबै हिट भएको थियो । यसबीच यही फिल्मको सिक्वेलको तयारीमा पनि भईरहेको छ । हाल फिल्मको स्क्रिप्ट लेखन भईरहेको छ । यसको सिक्वेल बन्ने भनिएसंगै सलमान र आमिरले काम गर्ने चर्चा थियो ।
यही चर्चाकाबीच राईटर दिलिप शुक्लाले अन्दाज अपना अपनाको सिक्वेल आमिर र सलमानबिना अपुरो हुने बताएका छन् । उनको यस अभिव्यक्तिबाट नै थाहा हुन्छ की यस फिल्ममा आमिर र सलमानले काम गर्ने छन् तर कुन रुपमा भने खुलाईएको छैन । चर्चामा रहे अनुसार अन्य ३ कलाकारहरु पनि हुनेछ । यस्तो सम्भवत आमिर सलमान गेस्ट अपिरियन्समा पो हुन्छन् की भन्ने अनुमान गरिएको छ । जे होस गेस्ट अपिरियन्स नै सही आमिर सलमानले करिब २५ बर्षपछि एकसाथ काम गर्ने भएका छन् ।




