यु-१९ क्रिकेटमा चीनलाई नेपालले हरायो

मलेसियामा सुरु भएको १९ वर्ष मुनीको एसीसी इस्टर्न रिजन क्रिकेटमा नेपालले विजयी शुरुवात गरेको छ ।

आज भएको खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको हो । टस हारेर पहिले व्याटिङ्ग गरेको चीनले २३ दशमलब १ ओभरमा मात्र ५३ रन बनायो ।

जवाफी व्याटिङ्गमा आएको नेपालले पाँच ओभरमा क्षति बिना नै लक्ष्य भेट्टायो । नेपालका पवन सर्राफले ४६ र रित गौतमले १० रन बनाए । नेपाल विरुद्ध टस हारेर पहिले व्याटिङ्ग गरेको चीनलाई सस्तैमा समेट्ने क्रममा नोपलका सागर ढकाल र तिलक राजभण्डारीले समान ३३ विकेट लिए ।

मलेसियामा जारी खेलमा नेपाल रहेको ए समूहमा चीन, म्यानमार र सिंगापुर छन् । तर अन्तिम समयमा म्यानमारले नाम फिर्ता लिएर प्रतियोगितामा सहभागिता जनाएको छैन । शीर्ष दुईमा पर्ने टोली सेमिफाइनल प्रवेश गर्नेछ ।