विश्वव्यापी रुपमा चर्चित खेलाडी क्रिकेटर सन्दीप लामिछाने र फुटबलकी सावित्रा भण्डारीलाई उछिन्दै भलिबलकी रेश्मा भण्डारीले यसपटकको पिपुल्स च्वाइस अवार्ड हात पारेकी छिन्।
पल्सर स्पोर्टस अवार्डको पिपुल्स च्वाइस विधामा उनले लामिछाने र भण्डारीलाई पछि पार्दै अवार्ड बाजी मारेकी हुन्।
यस अवार्ड प्राप्त गर्नका लागि रेश्माले विश्व बडिबिल्डिङ च्याम्पियन महेश्वर महर्जन तथा ब्याडमिन्टनका प्रिन्स दाहाललाई पनि पछाडि पारेकी हुन् । यस अवार्डका लागि रेश्माले ८७ हजार ४८७ भोट प्राप्त गरिन्। सावित्रा भण्डारीले ६९ हजार २४१ भोट प्राप्त गरिन् ।




