चलचित्र ‘बाहुबली’मा आमाको भूमिकामा देखिएकी शिवगामी देवी अर्थात राम्या कृष्णसेन पोर्नस्टार बनेकी छन् ।
तर उनी रियलमा नभएर एक चलचित्रका लागि पोर्नस्टार बनेकी हुन् । तामिल फिल्म ‘सुपर डिलक्स’ मा राम्यालाई सो भूमिकामा देख्न पाइने भएको छ । फिल्मको ट्रेलस बाहिर आएसँगै भाइरल भइसकेको छ ।
राम्याले फिल्ममा पोर्नस्टारको भूमिका निभाउन त्यति सहज नभएको बताएकी छन् । एक सिनका लागि ३७ पटकसम्म रिटेक लिनुपरेको उनको भनाई छ । https://www.youtube.com/watch?v=3-Xq_Zz3nPA




