ताजा समाचार

असार १३ गते २०७६

एसी मिलानलाई युरोपा लिग खेल्नबाट प्रतिबन्ध

इटालियन फुटबल क्लब एसी मिलान आगामी सिजनको युरोपा लिग खेल्न नपाउने भएको छ ।

युइएफएको कोर्ट अफ अर्बिट्रेसन फर स्पोर्ट्सले खेलाडी किनबेचमा क्लबले आर्थिक नियमको उलंघन गरेको आरोप लगाउदै सो प्रतिबन्ध लगाएको हो । यस सिजनको सिरी ए मा पाँचौ स्थानमा रहेक ओएसी मिलान आउदो सिजनका लागि युरोपा लिगमा छनौट भएको थियो ।

कोर्ट अफ अर्बिट्रेसन फर स्पोर्ट्सले एक विज्ञप्ति जारी गर्दै सन् २०१५/१६/१७ मा मिलानले आर्थिक नियम उलंघन गरेको पाइएकोले उसलाई आगामी सिजनको युरोपा लिग खेल्नबाट प्रतिबन्ध लगाइएको जनाइएको छ ।

मिलानले सन् २०१८/१९ सिजन सुरु हुनु अघि पनि यस्तै प्रतिबन्ध बेहोरेको भएपनि उसले अपिल गरेका कारण सो प्रतिबन्ध १२ महिना पछाडी सरेको थियो ।

मिलानले प्रतिबन्ध भोगेपछि अब इटालियन सिरी ए बाट युरोपा लिग खेल्न छैठौ स्थानमा रहेको टोरिनोले पाउने सम्भावना रहेको छ ।