ताजा समाचार

असार १२ गते २०७६

अन्नपूर्ण म्याराथनका लागी बजेट विनियोजन

अन्नपूर्ण गाँउपालिकाले तेस्रो सस्करणको अन्नपूर्ण म्याराथनको लागि २० लाख रुपैयाँ बजेट छुट्टाएको छ ।

केही दिन अघिमात्रै सम्पन्न भएको गाँउपालिकाको सभाले अन्तराष्ट्रिय ब्राण्ड बन्ने धुनमा रहेको म्याराथनको प्रवद्र्धन गर्न २० लाख रुपैयाँ छुट्टाईएको हो । ।

स्थानीय अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले जून ३ मा अन्नपूर्ण म्याराथन गर्दै आएका छन् । म्याराथनसँगै पर्यटकीय घान्द्रुकमा पर्यटन महोत्सव गर्दै आएको छ । महोत्सवसँगै म्याराथनको प्रवद्र्धन गर्न २० लाख रुपैयाँ छुट्टाइएको गाँउपालिका अध्यक्ष युवराज कुँवरले बताए ।

४१३० मिटैरको अन्नपूर्ण आधारशिविरबाट शुरु हुने दौड घान्द्रुकमा आईपुगेर टुंगिने गरेको छ । नेपालको ८ हजार मिटर अग्लो हिमाल आरोहणको क्रममा पहिलो पाईला मानवपाईला अन्नपूर्णमा परेको सन्दर्भमा जून ३ लाई अन्नपूर्ण दिवसको रुपमा मनाईदै आइएको छ ।

सगरमाथा क्षेत्रमा एभरेष्ट म्याराथन हुदैं आएको छ । त्यसलाई पछ्याउँदै अन्नपूर्ण क्षेत्रमा पनि अन्नपूर्ण साहसिक म्याराथन आयोजना गरिएको हो । दुई वटा सस्करण टुंगिसकेको छ । आगामी वर्ष तेस्रो सस्करणको प्रतियोगिता सञ्चालन गर्न गाँउपालिकाले आवश्यक बजेट विनियोजन गरेको हो । म्याराथनसँगै घान्द्रुकमा घोडा दौड समेत आयोजना हुदैं आएको छ । यसले पनि खेल पर्यटन प्रवद्र्धनमा टेवा पुर्याएको छ ।

kheladinews