राज्यसँग कानुनी सम्वन्ध स्थापित गरी अधिकारको रक्षा गर्ने दस्तावेज नै नागरिकता हो । राज्य र नागरिक वीचको Legal Formal Relationship का रुपमा नागरिकतालाई लिने गरिन्छ । नागरिकतालाई व्यक्तिको status, entitlement of claims, right, duties and responsibiltiy निर्धारण गर्ने सम्झौता पत्रको रुपमा लिने गरिन्छ । यसलाई Full and equal membership in political community का रुपमा व्याख्या पनि गरिन्छ ।
संक्षिप्तमा नागिरकता भन्नाले,
- नागरिकता राजनीतिक समुदायको सदस्यता हो ।
- राज्यभित्र प्राप्त हुने सम्पूर्ण वैयक्तिक एवं राजनीतिक अधिकार प्राप्त व्यक्ति नागरिक हो । नागरिक वैयक्तिक पहिचान हो भने नागरिकता राज्य र व्यक्तिको सम्वन्ध सूचकको अवस्था हो ।
परम्परागत रुपमा
ग्रीस शहरमा बस्ने व्यक्तिलाई नागरिक भन्ने गरिन्थ्यो । आधुनिक नागरिकता
प्रणालीलाई French Revolution
को
परिणामको रुपमा लिने गरिन्छ । जसले नागरिकताको माध्यमबाट समाजमा विधमान जातीय
वर्गीय Racial Hienachical
सवै
असमनतालाई निषेध गरेको छ ।
नेपालमा नागरिकता
नागरिकता सम्वन्धी इतिहासलाई केलाउदा वि.सं. १९१० को मुलुकी ऐन, पृथ्वीनारायण शाहको दिव्य उपदेश, राणाकालीन सनद सवालहरुमा नेपाली नागरिक र गैर नेपाली नागरिकको विभेद बारे उल्लेख छ । सो भन्दा पूर्व नेपाली नागरिक र गैरनेपाली नागरिक छुट्याउन के कस्ता कानुन थिए ? कसले पहिलो नागरिकता दिए सो स्पष्ट गर्न सकिने अवस्था छैन । नेपाली नागरिकताकै प्रमाणपत्र जारी नगरेपनि नेपालीलाई राहदानी बाँढ्ने सम्वन्धमा र नेपाल सरकार वैधानिक कानुन, २००४ एवम् नेपालको अन्तरिम शासन विधान २००७ मा पनि नागरिकको निमित्त एकै किसिमको देवानी ऐन जारी गर्ने व्यवस्थालाई हेर्दा पनि नागरिक र गैरनागरिक छुटिएको देखिन्छ ।नेपालमा नागरिकताको नीतिवान थालनी वि.सं. 2009/01/26 गतेदेखि लागु गरिएको नागरिकता ऐनबाट भएको देखिन्छ ।
नागरिकता ऐन नियम आउँदा संविधानसँग जोडिएर आउने गरेको छ । नेपाल अधिराज्यको संविधान २०१५ आउँदा हालको जस्तो नागरिकता सम्वन्धी छुट्टै भागको व्यवस्था त्यसमा थिएन । त्यतिवेला नागरिकता ऐन २००९ नै सक्रिय थियो । त्यसपछि आएको वि.सं. 2019 सालको संविधानमा नागरिकता सम्वन्धमा छुट्टै भागको व्यवस्था गरिएको थियो।सम्मानार्थ र अंगीकृत नागरिकताको प्रावधान पनि यसै संविधानबाट शुरु भएको हो । यो संविधानका प्रावधान बमोजिम नेपाल नागरिकता ऐन 2020 तयार भई वि.सं. 2020/11/16 देखि लागु भयो । यो ऐन अन्तरगत नेपाल नागरिकता नियमावली 2025 लागु भई नागरिकताको ढाँचा अनुसूचीमै निर्धारण गरी एकै प्रकारको नागरिकता प्रदान गर्ने अभ्यासको थालनी भएको थियो । वि.सं. 2046 सालको जनआन्दोलन पछि नयाँ सोचको प्रार्दुभाव भएको थियो । 2046/07/23 मा जारी भएको नेपाल अधिराज्यको संविधान २०४७ को भाग २ मा नागरिकता सम्वन्धी व्यवस्था गरिएको थियो । यसैका आधारमा नागरिकता ऐन 2048 र नियमावली 2049 लागु भएको थियो । पछि संशोधन हुदै नागरिकता नियमावली 2051 2055 र 2059 पनि जारी भए ।
देशको 10 वर्षे जनयुद्धलाई शान्ति सम्झौतामा परिणत गर्दै 2063/08/05 गते भएको विस्तृत शान्ति सम्झौताको आधारमा प्रतिनिधिसभाद्धारा जारी हुने गरी नेपालको अन्तरिम संविधान 2063 जारी भयो । यस संविधानमा वि.सं. 2046 साल चैत्र मसान्तलाई आधार वर्ष मानी जन्मको आधारमा नागरिकता प्रदान गर्ने र नागरिकता वितरणका लागि टोली खटाउने जस्ता व्यवस्था पनि संविधानमा उल्लेख भएको थियो । यसैको आधारमा नागरिकता ऐन 2063 र नागरिकता नियमावली 2063 जारी भए जो अहिलेसम्म कायम छ ।
नागरिकता वितरण सम्वन्धी टोली एवम् समितिहरु
नागरिकतालाई सहज तरिकाले जनताको घरदैलोमा नै वितरण गर्ने लक्ष्यका साथ विभिन्न समयमा टोलीहरु गठन भई खटाइएका थिए । यसको साथै केही समितिहरु बनाई सो कार्यलाई पूर्णता दिने प्रयास गरिएको थियो । ती टोली/समितिहरु निम्न बमोजिम थिए :
- नागरिकता टोली (वि.सं. 2032 देखि 2038 सम्म)
- जिल्ला नागरिकता छानविन समिति वि.सं. 2040
- नागरिकता टोली 2043
- नागरिकता टोली 2044/45
- जिल्ला स्तरीय नागरिकता छानवीन समिति 2044
- इलाकास्तरीय नागरिकता छानवीन समिति 2046
- नागरिकता टोली 2050 (कास्की)
- नागरिकता टोली 2053
- नागरिकता टोली 2063
नागरिकता नीतिका आधारहरु
- भू-राजनीतिक अवस्था
- बहन क्षमता
- स्रोत साधन
- एकीकरणको वैशिष्टीकरण
नागरिकता प्राप्तिका सिद्धान्तहरु
- नागरिकतालाई नियमित र व्यवस्थित गर्ने आधार र पृष्ठभूमि राष्ट्र पिच्छे फरक फरक देखिन्छन् । यसका बाबजुद पनि सबै मुलुकहरुले नागरिकताको विषयलाई सम्वोधन गर्न निर्माण गर्ने कानुनहरु भने खास सिद्धान्तमा आधारित हुन्छन् ।
- प्राचीन ग्रीकका बासिन्दालाई नागरिक (Jus civile) र विदेशी (Jus aline) दुई भागमा बाँडी फरक अधिकार तोकिन्थ्यो ।
- जन्मको आधारमा नागरिकता (Jus soli Principle), फ्रान्सबाट थालनी भएको
- यसलाई Law of ground पनि भनिन्छ जसअनुसार जुन माटो/भूमि वा देशको सीमाभित्र व्यक्ति जन्मिन्छ सोही देशको नागरिक बन्छ ।
- Jus soli सिद्धान्त अनुसार विश्वका अधिकांश मुलुकहरुले नागरिकता दिन्छन् यद्धपि प्रायजसो देशहरुमा सशर्त रहेको छ । अमेरिका क्यानडाजस्ता केही देशहरुमा भने निशर्त छ ।
- नेपाल नागरिकता ऐन २०६३ को दफा ४ ले जन्मको आधारमा नागरिकता दिने व्यवस्था गरेको छ ।
- विभिन्न समयमा Cut off period तोक्ने यस सिद्धान्त अनुसार विगतमा नेपालले नागरिकता दिएकोमा हालको संविधानमा सो व्यवस्था नरहेको ।
- वंशजको आधारमा नागरिकता (Jus sanguinis principle), जर्मनीबाट थालनी भएको
- बाबु वा आमा नागरिक भएको देशा तिनका सन्तानले नागरिक पाउने सिद्धान्त ।
- Right of blood मार्फत प्राप्त हुने ।
- यस सिद्धान्तको मूल ध्येय आफ्नो देशको नागरिकको सन्तान स्वत आफ्नो नागरिक हुन्छ उसलाई कुनै बन्देज लगाउनु हुदैन भन्ने हो ।
- यो सिद्धान्त निकै व्यावहारिक एवं वैज्ञानिक मानिन्छ त्यसैले संसारका अधिकांश मुलुकले अवलम्वन गरेको छन् ।
- अंगीकृत नागरिकता (Naturalization),
- अंगीकरण कुनै देशका नागरिकलाई आफ्नो देशको नागरिक बनाउने प्रक्रिया हो ।
- अंगीकृत व्यक्ति पहिले नै कुनै देशको नागरिक रहिसकेको हुनाले उसलाई अंगीकृत नागरिकता दिने वा नदिने विषय सम्बन्धित राष्ट्रको विवेकमा भर पर्छ ।
- नेपाल नागरिकता ऐन, २०६३ को दफा ५ मा अंगीकृत नागरिकताको व्यवस्था रहेको छ ।
- आफ्नो कुनै नागरिकले कुनै विदेशी नागरिकसँग विवाह गरेमा निज विदेशीले नागरिकता पाउने वा नपाउने ? पाएमा स्वत वा सशर्त पाउने ? भन्ने विषय यसमा पर्छ ।
- बसोबासको आधारमा नागरिकता ।
- सम्मानार्थ नागरिकता (Honorary) र
- क्षेत्र विलय वा क्षेत्र प्राप्तिको आधार (Acquistion of Territory),
नेपालमा संविधानमा नागरिकता सम्वन्धी व्यवस्था
संविधानको भाग २ (धारा १० देखि १५)
- नागरिकताबाट बञ्जित नगरिने
- नागरिकता प्राप्त गर्ने हकबाट बञ्जित नगरिने ।
- प्रादेशिक पहिचानसहितको एकल संघीय नागरिकता प्रदान गर्ने ।
- नेपालको नागरिक ठहर्ने
- संविधान प्रारम्भ हुँदाका वखत नेपालको नागरिकता प्राप्त गरेका र यस भाग बमोजिम नागरिकता प्राप्त गर्न योग्य व्यक्ति ।
- वंशजको आधारमा नेपालको नागरिक हुने
- संविधान प्रारम्भ हुनुअघि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको व्यक्ति
- कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने ।
- बाबु-आमा दुवै नेपाली नागरिक रहेछन् भने वंशजको आधारमा नागरिकता पाउने ।
- नेपालभित्र फेला परेको, पितृत्व वा मातृत्वको ठेगाना नभएको प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म वंशजको आधारमा नागरिकता पाउने ।
- नेपालको नागरिक आमाबाट नेपालमै जन्म भई नेपालमै बसेको र बाबुको पहिचान नभएको व्यक्तिलाई वंशज नागरिकता पाउने तर बाबु विदेशी भएको ठहरेमा संघीय कानुन बमोजिम अंगीकृतमा परिणत ।
- नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलाले चाहेमा अंगीकृत नागरिकता लिन सक्ने
- विदेशी नागरिकसँग विवा गरेकी नेपाली महिलाबाट जन्मिएको व्यक्ति नेपालमै बसोबास गरेको र अन्य देशको नागरिकता नलिएको भए अंगीकृत नागरिकता पाउने
- संघीय कानुन बमोजिम अंगीकृत नागरिकता प्रदान गर्न सक्ने
- संघीय कानुन बमोजिम सम्मानार्थ नागरिकता प्रदान गर्न सक्ने
- नेपालमा गाभिन आएमा त्यस्तो क्षेत्रभित्रको व्यक्ति संघीय कानुन बमोजिम नेपालको नागरिक हुने
- वंशीय आधार तथा लैङ्गिक पहिचानसहितको नागरिकता पाउन सक्ने
- नागरिकताको प्राप्ति, पुनप्राप्ति र समाप्ति संघीय कानुन बमोजिम हुने
- गैर आवासीय नेपाली नागरिकता (आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी)
- नागरिकता प्रदान गर्न नागरिक पहिचानका लागि व्यवस्था गरिएको आधारहरु
- जन्म दर्ता
- स्थानीय निकायको सिफारिस
- शैक्षिक प्रमाणपत्र
- नाता प्रमाणित
- सर्जमिन मुचुल्का
- विवाह दर्ता
- अध्यागमनको अभिलेख




