ताजा समाचार

असार ६ गते २०७६

नेपाल फेन्सिङ्ग संघको अध्यक्षमा फेरी सुनिल नै

नेपाल फेन्सिङ्ग संघको अध्यक्षमा पुन सुनिल श्रेष्ठ निर्वाचित भएका छन् ।

शुक्रबार राजधानीमा भएको संघको दोश्रो निर्वाचन तथा साधारण सभाले सुनिल कुमार श्रेष्ठलाई पुनःसाधारण सभाले श्रेष्ठको अध्यक्षतामा ४ बर्षका लागि १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

संघको उपाध्यक्षमा निराकार मान सिंह रेग्मी, नारायण प्रसाद पौडेल, देवेन्द्र प्रसाद श्रेष्ठ र हेल्गा राणा रायमाझी, महासचिवमा सुजन लाल श्रेष्ठ, सचिवमा अभिषेक कार्की र कोषाध्यक्षमा अनुप कपाली रहेका छन् ।

नव निर्वाचित संघको बैठकले बिजय शाहीलाई संघको उपाध्यक्षमा मनोनयन गरेको छ । यस्तै संघका सदस्यहरुमा सतिष राम बैद्य, राजेन्द्र श्रेष्ठ, रेखमाया गुरुङ्ग, सबिन मानन्धर, प्रविण लाल नापित, रुविन मानन्धर, हरिस पन्त, ज्ञान बहादुर तामाङ्ग र सुरेन्द्र चौधरी रहेका छन् ।

कार्यसमितिका सदस्यहरुलाई निर्वाचन अधिकृत चन्द्र कुमार राईले पद तथा गोपनियताको सपथ गराएका थिए ।