ताजा समाचार

असार ६ गते २०७६

प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रदेश ३ र एपीएफ विजयी

महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर ३ र शसस्त्र प्रहरी बल (एपिएफ) विजयी भएका छन्।

समुह ए अन्तर्गत भएको पहिलो खेलमा प्रदेश ३ ले कर्णाली प्रदेशलाई ९० रनको फराकिलो अन्तरले हरायो। प्रतियोगिताको बिहिवारको दोस्रो खेलमा विभागिय टोलि शसस्त्र प्रहरी बल एपीएफले सुदूरपश्चिम प्रदेशलाई १० विकेटले पराजित गरेको छ।

असार ११ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोलीको सहभागीता रहेको छ। प्रतियोगिताको बिजेता टोलीले ५ लाख, उपबिजेता टोलीले ३ लाख प्राप्त गर्नेछन्। त्यस्तै प्रतियोगिताको ‘वोमन अफ द सिरिज’ले ३० हजार, ‘वेस्ट ब्याट्सवोमन’ र बलरले समान १५ हजार र ‘वोमन अफ द म्याच’ले २५ सय नगद रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र पनि पाउने छन्।

प्रतियोगितामा सहभागी ८ टोलीहरुलाई दुई समुहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा विभागीय टोली शसस्त्र प्रहरी बलको एपीएफ, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ रहेका छन्। समूह ‘बि’मा प्रदेश १, २, प्रदेश ३, र कर्णाली प्रदेश रहेका छन्।