ताजा समाचार

असार ५ गते २०७६

कास्की जिल्ला भारोत्तोलन संघको अध्यक्ष फेरी बडगामी

कास्की जिल्ला भारोत्तोलन संघको अध्यक्षमा फेरी राजन बडगामी भयन भएका छन् । बिहीबार सम्पन्न संघको अधिवेशनले चार वर्षे कार्यकालको लागि बडगामीलाई पुनः अध्यक्षको जिम्मेवारी दिएको हो ।

अधिवेशनले प्रथम उपाध्यक्षमा उमेश सि.के, द्धितीय उपाध्यक्ष्मा रामजी घजु, सचिवमा विनोद अधिकारी र कोषाध्यक्षमा ई.उत्तम उदास र सहसचिवमा डिकबहादुर राई रहेका छन् । यसैगरी सदस्यहरुमा गौतम उदास, प्रेमलाल श्रेष्ठ, पूर्ण श्रेष्ठ, देउबहादुर नेपाली, धनबहादुर झाक्री, पुष्प उदास, योगिता गुरुङ, बनिबता गुरुङ र बसन्ती गुरुङ रहेका छन् ।

लामो समयपछि संघले पोखरा रंगशालाभित्र प्रशिक्षणस्थल पाएको छ । बहुउद्देश्यीय कभर्डहलमा संघले एक महिना अघि मात्रै प्रशिक्षण शुरु गरेको थियो । नेपाल भारोत्तोलन संघले आवश्यक प्रशिक्षण सामाग्री पोखरालाई उपलब्ध गराईदिएपछि पोखरा रंगशालामा प्रशिक्षणस्थलको रुपमा विकास गरिएको हो । खेलाडीलाई पनि पोखरा रंगशालाबाट प्रशिक्षण गरेर फर्किदाँ गर्विलो अनुभूति हुने गरेको भन्दै संघका अध्यक्ष बडगामीले अब युवापुस्तालाई प्रोत्साहित गर्दै प्रशिक्षण शुरु गरिने बताए ।