ताजा समाचार

असार ४ गते २०७६

कास्कीको अन्नपूर्ण गाउँपालिकाको नीति तथा कार्यक्रम (पढ्नोस् पूर्ण पाठ)

गाउँसभाका निर्वाचित आदरर्णिय सदस्यहरु ।

 २०७२ सालको स्थानीय तह गठन पश्चात अन्नपूर्ण गाउँपालिका कास्कीको तेस्रो नीति तथा कार्यक्रम प्रारम्भ गर्नु अघि सर्वप्रथम प्रजातन्त्र लोकनन्त्र र गणतान्त्रीक व्यवस्था स्थापनाका लागि आफ्नो जिवनको वलिदान दिनुहुने सम्पुर्ण ज्ञात अज्ञात सहिदहरु प्रति हृदयदेखि सम्मान र श्रदान्जली अर्पण गर्न चाहन्छु । नेपालको एकीकरण देखि स्वतन्त्र अभिभाज्य राष्ट्रका रुपमा कायम राख्न सफल हाम्रा वीर अग्रज पुर्खाहरु¸राजनेता र राष्ट्रियता लोकतन्त्र र जनजिविकाका लागि कठोर संघर्ष तपस्या गर्ने हाम्रा अग्रजहरु लाइ उच्च सम्मान सहित स्मरण गर्न चाहन्छु ।  नेपालमा लामो आन्दोलन र प्रयास पछी लोकतान्त्रीक गणतन्त्र सहितको नेपालको संविधान २०७२ नेपाली जनतावाट अनुमोदन भइ गणतान्त्रिक संघियता कार्यान्वयनमा आइरहेको छ ।

             लोकतन्त्रका आधारभुत मुल्य र मान्यता जनताको प्रतिस्पर्धात्मक बहुदलिय लोकतान्त्रिक शासन प्रणाली¸ मौलिक अधिकार¸ मानव अधिकार¸वालिग मताधिकार¸ पुर्ण प्रेस स्वतन्त्रता¸ आवधिक निर्वाचन¸ शक्ति पृथकिकरण¸ स्वतन्त्र¸ निश्पक्ष र सक्षम न्यायपालिका¸ कानुनको शासन प्रति हाम्रो गाउँपालिका सचेत र प्रतिबद्ध छ । समाजमा विद्यमान सवै प्रकारका विभेद असमानता¸ अवसरवाट पछाडी परेका र पारिएका सवै बर्ग¸ समुदाय¸ जात जाती क्षेत्र र लिङ्गलाइ राज्यको मुल प्रवाहमा ल्याउन स्थानीय सरकार सदा लागि रहने छ ।

बहुजातिय¸बहुसांस्कृतिक¸ प्राकृतिक पर्यटकीय सम्पदाले भरिपुर्ण यस गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सन्तुलित र दिगो विकास लक्ष हासिल गर्ने¸ सक्षम जनशक्ति विकास गर्ने रोजगारी सृजना गरी  विकास लाइ समावेशी र सामाजिक न्यायमा आधारित वनाउने¸ सुशासन कायम गर्ने दिशातिर हाम्रो ध्यान केन्द्रित भएको छ ।

संघिय गणतान्त्रिक संविधानको कार्यान्वयन संगै स्थानीय जनताको बढ्दो आवश्यकताका तुलनामा श्रोत साधनको कमी हुनु¸ गाउँपालिकाको भौतिक संरचनाको अभाव¸ प्राविधिक कर्मचारीको समयमै पदपुर्ति हुन नसक्नु¸ संघिय¸ प्रदेश र स्थानीय सरकारका विचमा आयोजनाको बर्गिकरण समयमा हुन नसक्नु¸ जस्ता विविध कठीनाइका बावजुद अन्नपूर्ण गाउँपालिकाले चालु आ.ब. २०७५/०७६ मा प्राप्त गरेका मुख्य मुख्य उपलब्धी र आगामी आ.ब. २०७६/०७७ का क्षेत्रगत विकासका लागि संक्षेपमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

१.         चालु आ.ब. २०७५/०७६ का गाउँपालिका र वाडस्तरिय ३८७ विकास आयोजनाको सवै वडामा उपभोक्ता समिति गठन भइ  सवै उपभोक्ता समितिलाइ अभिमुखिकरण गरी आयोजना कार्यान्वयन र सम्पन्न भएका छन ।

२.         २०७६ साल जेष्ठ मसान्त सम्म सवै आयोजनाको उपभोक्ता समिति मार्फत कार्यान्वयन प्रकृया अगाडी बढी ७५% बित्तिय प्रगति हासिल भएको छ ।

३.         चालु आ.ब.मा. गाउँपालिकाले लिएको राजश्व सम्बन्धि नीति पुर्ण रुपमा कार्यान्वयन भइ राजश्व संकलनमा लक्षको ८०%  प्रगति हासिल भएको छ भने बाँकी कर राजश्व उठने क्रममा रहेको छ ।

४.         आ.ब. २०७४/०७५ को आन्तरिक र अन्तिम लेखापरिक्षण सम्पन्न भएकाछन । लेखापरिक्षण प्रतिवेदनमा गाउँपालिकाको कुनै पेश्की र बेरुजु नरहेको व्यहोरा सार्वजनिक गर्न चाहन्छु ।

५.         सवै सिजनमा पर्यटन भन्नै मुल नाराका साथ २०७६। २ ।१७¸१८¸ १९¸२० सम्म यस गा.पा.को वडा नं. १० मा दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव आयोजना गरी विविध कृयाकलाप सहित अन्नपूर्ण बेसक्याम्प देखी घान्द्रुक सम्म ४२.३ कि.मी. अन्नपूर्ण म्याराथुन (Annapurna marathon) दौड प्रतियोगिता सम्पन्न गरिएको छ ।

६.         अन्नपूर्ण गाउँपालिकाका सवै वडाकार्यालयमा आइ.टी. प्रबिधीमा समेटीएर नेटवर्किङ कार्य सम्पन्न भएको छ ।

७.         गा.पा.भित्र शैक्षिक गुणस्तर कायम गर्न ३० बुँदे शैक्षिक गुणस्तर सुधार कार्य योजना तयार गरि लागु गरिएको छ ।

८.         भाषा¸ कला¸ साहित्य र संस्कृति संबर्द्धनमा विभिन्न वडागत काम भएकाछन । वडा नं. ६ को लुम्लेमा प्रविण गुरुङ स्मृर्ति लोक दोहोरी एकल गायन प्रतियोगिता सम्पन्न भएको छ  साथै परम्परागत वाजा¸ पोशाक खरीद गरी वितरण गरिएकोछ ।

९.         गा.पा.का. सवै योजना भुक्तानी सरलीकरण र अनुगमन कार्यलाइ प्रभावकारीता दिन वडास्तरमा वडाअध्यक्ष र गा.पा. स्तरमा उपाध्यक्षको अध्यक्षतामा अनुगमन¸मुल्याङ्कन समिति गठन भएकाछन । सोही सिफारिसका आधारमा योजनाको भुक्तानिको प्रकृया अगाडी बढीरहेको छ ।

१०.       समय र लागत घटाइ कृर्षि उत्पादन बढाउन कृर्षि यान्त्रीकरण प्रबिधिलाइ आत्मसाथ गरि कोदो चुटने मेशीन¸हाते ट्याक्टर (टिलर) ५०% अनुदानमा सवै वडामा वितरण भएका छन ।

११.       गाउँपालिका भित्र परम्परागत रैथाने वालिको संरक्षण कोदो उत्पादनमा आत्म निर्भरता गर्ने नीति लिइए अनुसार वडा नं. ४ भदौरेमा नेपालमा नै पहिलोपटक बृहद कोदोका परिकार निर्माण खेति प्रबिधि तथा उत्पादनको ११० मुरी कोदो प्रदर्शनमा राखि बजार सुनिश्चित गरिएको छ ।

१२.       जनताको स्वास्थ्य गाउँपालिकाको मानव श्रोत धन भन्ने अभिप्रायले वडा नं. २ को नाउडाँडा¸वडा नं. ८ को विरेठाँटी र वडा नं. ६ को लुम्लेमा बृहद घुम्ति स्वास्थ्य शिविर आयोजना गरी विज्ञ विशेषज्ञहरु वाट जनताको निशुल्क स्वास्थ्य परिक्षण काम सम्पन्न भएका छन ।

१३.       संघिय सरकारको शसर्त र  गाउँपालिकाको अनुदान रकम वाट सवै स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य संस्थामा वाह्रै महिना तोकीएका स्वास्थ्य परिक्षण निशुल्क औषधि वितरणका काम निरन्तर भइ राखेका छन ।

१४.       पशु सेवा हाम्रो व्यवसाय¸ दुध उत्पादन हाम्रो प्राथमिकता भन्ने नारालाइ कार्यान्वयन गर्न हिउँदमा हरियोका लागि जै घाँसका विउ¸ बर्षायाममा सुपर नेपियर घाँसका विउ¸ वितरण एवं दर्तावाला व्यवसायीक पशु फर्महरुलाइ जैविक सुरक्षा सम्बन्धि उपकरण खरिद ¸ वितरणका काम सम्पन्न भएकाछन ।

१५.       वाह्यय परजिविवाट पशु स्वास्थ्यमा पर्न सक्ने संक्रमणवाट जोगाउन व्यवसायीक पकेट क्षेत्रका ८००० भेडा बाख्रामा डिपिङ क्याम्प संचालन सम्पन्न भएकाछन¸ व्यवसायीक पशुविकास फर्ममा आउन सक्ने पशु बाँझोपन लाइ न्युनीकरण गर्न पशु विज्ञकेन्द्र र  गा.पा.को संयुक्त पहलमा बाँझोपन न्युनीकरण शिविर विभिन्न समय र स्थानमा २ पटक सम्पन्न गरिएकाछन ।

१६.       एक विद्यार्थि एक फलफुल¸ एक घर एक फलफुल वितरणको कामलाइ अभियानको रुपमा संचालन गरि करिव ७०००० फलफुलका विरुवा हरेक विद्यालय वडा तहमा वितरण गर्नेकाम सम्पन्न भएका छन¸ हाल थप वितरणका कामलाइ निरन्तरता दिइएकोछ ।

१७.       कृर्षि उत्पादन व्यवसायीकतामा हाम्रो सरोकार भन्ने भावनाका साथ गा.पा.को कृर्षि विकास शाखाको आयोजनामा माटोपरिक्षण प्रयोगशालाको प्राविधिक सहयोयमा सवै वडाका माग भएका स्थानमा शिविर खडा गरी न्युनतम ७०७ माटोको नमुना परिक्षण काम सम्पन्न भएको छ ।

१८.       उत्पादन बढाउन परजिवी किरावाट वालि संरक्षण गर्नका लागि गरिएको माटो परिक्षणमा देखिएका सवै वडाका स्थानमा माटोमा रहेका अम्लियपना घटाउन ४५० बोरा कृर्षि चुना खरिद¸ ढुवानी तथा वितरण कार्य सम्पन्न गरिएको छ ।

१९.       वेरोजगार युवा पलायनको अवस्था विचार गरि कृर्षि उत्पादन सहकारीमा जोड दिइएकोमा यस बर्ष युवा स्वरोजगार कार्यक्रम मार्फत सवै वडामा बेरोजगार लगत संकलनको काम सम्पन्न भएको छ ।  केही विकास निर्माणमा वेरोजगारको लगतमा नाम दर्ता भएका जनशक्तिवाट युवा स्वरोजगारका काम ससुरुवात भएकाछन ।

२०.       २०७२ सालको विनासकारी भुकम्प पछी क्षतीग्रस्त घरको लगत विवरण संकलन गर्दा ३९५ घर पुर्ण क्षति र १९ घरको आंसिक क्षती विवरण अनुसार हाल सम्म प्रथम किस्ता  ३५३ दोस्रो किस्ता १८० र तेस्रो किस्ता ७५ घर लाभग्राही लाभान्वित भएकाछन भने आंसिक क्षती १३ घर लाभग्राहीले राहत लिइ बाँकी लाभग्राही सेवालिने क्रममा रहेको व्यहोरा प्रस्तुत गर्न चाहान्छु ।

२१.       गाउँपालिका भित्र सवै २३ महिना भित्रका वालवालिका लाइ निरन्तर खोप र अभियानका रुपमा खोप विस्तार सुपरिवेक्षण गरी पुर्ण खोप शुनिश्चिततालाइ  निरन्तरता दिइएको छ ।

२२.       गाउँपालिका भित्रका सवै वडाका पशु चौपाय र उत्पादन लगत संकलन गरी पहिलोपटक कृर्षि गणना गरी विवरण सार्वजनिक गरिएकोछ ।

२३.       अन्नपूर्ण गाउँपालिका भित्रका सवै वडामा व्यवसायीक संघ संस्था समितिहरुको दर्ता गर्न र तथ्याङक अभिलेख खडा गर्न सवै वडामा घुम्तिटोली मार्फत दर्ता काम सम्पन्न भएका छन¸ दर्ता भएका व्यवसायलाइ कोडीङ गरी विद्युतिय प्रविधिमा लैजाने काम सम्पन्न भएकाछन ।

२४.       ६० बर्ष उमेर पुगेका नागरिकहरुका लागि कार्यविधि तयार गरि सार्वजनिक सवारी साधन एवं सामुदायिक अस्पतालमा सहुलियत पुर्ण छुटका लागि जेष्ठनागरिक परिचय पत्र वितरण कार्यक्रम सुरु गरिएकोछ ।

२५.       गाउँपालिका भित्र रहेका अपाङ्ग¸ फरक क्षमता भएका नागरिकको पहिचानका लागि कार्यविधि तयार गरि क¸ ख¸ ग¸ घ बर्गका अपाङग परिचय पत्र वितरण गरिएको छ ।

२६.       गाउँपालिकाको ग्रामिण यातायात गुरुयोजना तयार गरी मुख्य मुख्य वाटाहरु (सवै याममा संचालन गर्नेगरी) नौडाडा अधिकारी डाँडा कार्कीको तगरा¸ नौडाँडा सेराचौर¸ धारापानी भदौरे सल्यान¸ काँडे भदौरे सल्यान¸ लुम्ले चन्द्रकोट तान्चोक भिचुक¸ विरेठाँटी तिखेढुंगा उल्लेरी ग्रामिण सडकको स्तरोउन्नति भइ सवै याममा यातायात संचालन गर्न सकिने भएको छ ।

२७.       उत्कृष्ठ काम गर्ने उपभोक्ता समिति¸ कर्मचारी¸ टोलविकास संस्था एवं विकास निर्माण प्रचार प्रसार गरी सहयोग गर्ने पत्रकारहरुलाइ सम्मान प्रमाणपत्र वितरण गरिएकोछ ।

२८.       गा.पा.वाट भए गरेका कामहरु सर्वसाधारण संग प्रस्तुत गरी जिज्ञासा र सुझावलिने पारदर्शिता कायम गर्न प्रथम चौमासिक वडा नं. ४ भदौरे र दोश्रो चौमासिक सार्वजनिक सुनुवाइ वडा नं. ७ तोल्कामा सम्पन्न भइ तेश्रो चौमासिक सुनुवाइ हुनेक्रममा छ ।

२९.       अन्नपूर्ण गाउँपालिकाको ११ वटै वडालाइ छुने रिङरोड चक्रपथ पुर्णरुपमा कार्यान्वयन भइ बाँकी सेक्टरको काम अगाडी बढाउन बिस्तृत परियोजना विवरण डी.पी.आर. तयारीको अन्तिम चरणमा पुगेको छ ।

३०.       पालिकाका सवै विषयगत शाखा कार्यालयहरुको व्यवस्थापन गर्ने कार्य सम्पन्न भएको छ ।

३१.       अन्नपूर्ण गाउँपालिका भित्रका सडकहरुको ग्रामिण यातायात गुरुयोजना (RMTMP)  तयार गरी  गा.पा. भित्रका मुख्य क बर्गका सडकको चौडाइ  १५ मिटर¸ र  सेट व्याक २ मिटर  ख बर्गका सडकको चौडाइ १० मिटर र सेट व्याक १.५ मिटर कायम गरी कार्यान्वयन भएको छ ।

३२.       लेखा कारोवारलाइ व्यवस्थित र सरल बनाउन -संचितकोष व्यवस्थापन प्रणाली_ सुत्रमा आधारीत Online Service बाट काम संचालनमा ल्याइएको छ ।

३३.       स्वास्थ्य शिक्षा प्रवर्द्धनको लागि  महिला स्वास्थ्य स्वयंसेविकाहरुको  क्षमता अभिबृद्धि सम्बन्धि कार्यक्रम संचालन गरी मासिक रिपोर्टिङ गर्न आउँदा भाडा वापतको रकम गा.पा.बाट उपलब्ध गराइएको छ भने पुर्व प्राथामिक विद्यालयका शिक्षिकाको प्रोत्साहनका लागि गा.पा.बाट पोशाक व्यवस्था गरिएको छ ।

३४.       पशुको वाह्य परजिवी नियन्त्रणका लागि डिपीङ क्याम्प संचालन गरी ८००० भेडा बाख्रामा तथा पि.पि.आर भ्याक्सिन १३००० मा सेवा पुर्याएको छ भने ९००० पशुहरुको खोरेत विरुद्धको भ्याक्सिन लगाइएको छ ।  

३५.       फलफुल तरकारीको उत्पादन बढाउन गाउँपालिका स्तरिय नर्सरी केन्द्रको स्थापना गरिएको छ । खासगरी भर्भिङ कम्पोष्टमल उत्पादनको सुरुवात¸च्याउ¸कुरीलोको विउ एवं धान उत्पादन बढाउन मुल विउ वितरण गरिएको छ भने आषाढ १५ गते गाउँपालिका स्तरीय रोपाइ महोत्सवको आयोजना तय गरिएको छ । 

३६.       २०७५ बैशाख देखि चैत्र मसान्त सम्ममा जन्म दर्ता ११०२¸ मृत्यु दर्ता २५५¸ विवाह दर्ता ३६३¸ दम्पती वसाइ सराइ दर्ता संख्या ३२, गएको १८१ र आएको ६९¸ सम्बन्ध विच्छेद दर्ता २४ गरी घटना दर्ता संख्या १८१५ पञ्जिकरण भएको छ ।

३७.       सामाजिकसुरक्षा भत्ता वितरण पहिलो किस्ता रु २२०४२२००। दोश्रो किस्ता रु २२७७७३००। तेश्रो किस्ता रु २२९६६८००। गरी जम्मा रु ६७७८६३००। ओम डेभलपमेण्ट बैक र मुक्तिनाथ विकास बैंक मार्फत गरिएको छ ।

३८.       एक घर एक धारा स्वास्थ्य जिवनका लागि खानेपानी हाम्रो अभियान उद्धेश्यका साथ सवै वडामा खानेपानी धारा वितरण गरी ३००० घर परिवारमा पाइपवाट खानेपानी सुविधा पुर्याइएको छ  साथै खानेपानीको सहजताका लागि सवै वडामा आवश्यकता अनुरुप पोलिथिन  पाइप वितरणको काम निरन्तर भइ रहेको छ ।

३९.       विनियोजन ऐन २०७५¸ आर्थिक कार्यविधि नियमित गर्ने ऐन २०७५¸ अनाथ तथा जोखिम युक्त वालवालिकाका लागि सामाजिक सुरक्षा ऐन २०७५¸ अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र वितरण कार्यविधि २०७५¸ टोल विकास संस्था संचालन कार्यविधि २०७५¸ घर नक्सा पास कार्यविधि २०७५¸ विपद व्यवस्थापन कोष संचालन कार्यविधि २०७५ स्विकृत भइ कार्यान्वयन भएको छ ।

४०.       विधालयमा अध्ययनरत छात्रा महिनावारी हुंदा अनुपस्थित रहने अवस्था घटाउन जनचेतना जगाउने स्कुल शिक्षा संचालनमा ल्याइएको छ भने स्कुल स्कुलमा तयारी स्यानीटरी प्याड वितरण कार्यलाइ निरन्तरता दिइएको छ ।

अव म आगामी आ.ब. २०७६।०७७ को नीति तथा कार्यक्रम यस सम्मानित सभामा पेश गर्न अनुमति चाहन्छु । मेरो नीति तथा कार्यक्रमको मुल नारा पर्यटन, कृर्षि र पुर्वाधार अन्नपूर्ण सम्वद्धिको आधार रहेको छ ।

१. आर्थिक विकास

१. क. कृर्षि

→        निर्वाहमुखी खेति प्रणालीलाइ व्यवसायिक कृर्षि प्रणाली तर्फ उन्मुख गर्ने नीति अवलम्वन गरिनेछ ।

→        अर्गानिक तरकारी खेति भर्भिङ कम्पोष्ट मल कार्यक्रममा अनुदान सहयोग गर्दै गाउँपालिकामा युवा कृर्षि स्वरोजगार कार्यक्रम संचालन गर्न सम्बन्धित निकायमा पहल गरिनेछ ।

→        कृर्षि सहकारीलाइ प्रोत्साहन गरिनेछ यसलाइ उत्पादकत्व वृद्धिको आधार बनाइनेछ । साथै पर्यटकीय क्षेत्रमा स्थानिय उत्पादनको तरकारी प्रयोग गर्न प्रोत्साहन गर्ने नीति अवलम्वन गरिनेछ ।

→        उन्नत पशुपालन¸पशु विमा¸गोठ तथा भकारो सुधार जस्ता कार्यक्रमहरु संचालन गरिनेछ कृतिम गर्भादान कार्यक्रम संचालन गर्न आवश्यक नाइट्रोजनको आपुर्तिमा सहजता ल्याइनेछ । प्राथामिक पशु उपचार सेवालाइ निरन्तरता दिइने छ ।

→        कृर्षि सामाग्री¸उन्नत विउ विजन खरिद¸दुग्ध संकलन¸घाँस खेती आदीका लागि व्यवसायीक कृषक एवं कृर्षि समुहलाइ समय समयमा अभिमुखिकरण एवै विशेष अनुदानका कार्यक्रम संचालनमा ल्याइने छ ।

→        आगामी बर्ष पनि न्युनतम एक घर एक फलफुल एक विधार्थी एक फलफुल कार्यक्रम अभियानका साथ अगाडी बढाइनेछ साथै नगदे वालिका विरुवा वितरण गरी आय आर्जन स्थानिय स्वरोजगारीमा जोड दिइनेछ ।

→        अन्नपूर्ण गाउँपालिकाका सवै वडाहरुमा कृर्षि र पशुपालनको लागि पकेट क्षेत्र तोक्ने नीति अवलम्वन गरिनेछ ।

→        महिलाहरुको आय अर्जन बृद्धि¸क्षमता विकास तथा आत्मनिर्भर बनाउन महिलाहरुलाइ अनिवार्य तालिमको व्यवस्था गरिनेछ । समाजमा महिला हिंसा न्युनिकरण  लैङगिक समतामुलक समाजको निर्माणको नीति अबलम्बन गरिनेछ ।  

→  आगामि आ.ब. पनी माटोको अम्लियपन घटाउन र उत्पादन बढाउन दोश्रो चौमासिक भित्रै सवै वडाहरुमा माटो परिक्षण शिविर संचालन गरी प्राप्त परिणामलाइ डाटा वैक खडागरीनेछ र माटो अनुसारको खेती गर्ने प्रणालीको विकास गरिनेछ ।

→        गाउँपालिका भित्र रहेका रैथाने जातका वालि विरुवाहरुको पहिचान गरी तथ्याङक संकलन तथा प्रवर्द्धन गरीनेछ ।

 →        कृर्षि विकास उत्पादन बृद्धिका लागि यान्त्रीकरण प्रविधिलाइ भित्र्याइनेछ एवं कृषकहरुको सुविधाका लागि यान्त्र उपकरणमा दिइदै आएको ५० %  अनुदानलाइ निरन्तरता दिइनेछ ।

→ राष्ट्र र अन्तराष्ट्र स्तरमा स्वर र सुरक्षा पहिचानका कारण लोकप्रिय स्थानीय भोटेकुकुर हरुको लागत अद्यावधिक  गर्ने एवै संरक्षण गर्ने नीति लिइनेछ ।

→        बाँझोखेत प्रयोग नीति अवलम्वन गर्न भुमि बैंकको खडा गरी गाउँपालिकाले कम्तिमा २० बर्षका लागि जग्गा लिजमा लिइ व्यवसायीक खेति गर्न गाउँपालिका मार्फत प्रस्ताव आव्हान गरी उपयुक्त प्रस्तावलाइ छनौट गरीनेछ र उक्त जग्गाको भौतिक पुर्वधार (ग्रामिण सडक¸सिंचाइ¸विधुत¸खानेपानी¸शित भण्डार आदी) प्राविधिक सहायता¸ मल¸ विउ¸विजन र बजार प्रवर्द्धन गाउँपालिकाले पहल गर्नेछ । बाँझो जमिन निरुत्साहित गर्न बाँझो खेत राख्ने कृषकलाइ कृषि सुविधावाट बन्चित गरीनेछ ।

→        कम्तिमा ५ रोपनी जग्गा वा सो भन्दा बढी जग्गामा मौसम अनुसार एकै परकारको खेति गर्ने कृषकलाइ व्यवसायीक कृषकको रुपमा पहिचान गरिनेछ ।

→        पालिकालाइ कोदोमा आत्म निर्भर बनाइनेछ र कोदोखेती प्रबर्द्धन गर्न अनुदानको व्यवस्था गरी सवै होटल तथा रेष्टुरेण्टहरुमा कोदाको परिकार मेनुमा राख्न अनिवार्य गरीनेछ साथै कोदो प्रबर्धनका लागि आगामी बर्ष दोश्रो कोदो महोत्सव आयोजना गरिने छ ।

→        गाउँपालिकाको श्रोतमा आधारीत (रैथाने वाली¸जडीबुटी र फलफुल)  उधोग स्थापना गर्न निजि क्षेत्रलाइ आकर्षण गरिनेछ ।

१.ख. उधोग वाणिज्य

→        एक घर एक तालिम अनिवार्य गरिने छ । सवै वडामा तालिम मार्फत रोजगारी सृजना गर्न अध्यक्ष संग रोजगार कार्यक्रम संचालन गरिनेछ । खास गरि ३/३ महिने हाउस वायरिङ र प्लम्विङ तालिम मार्फत १०० जनालाइ स्वरोजगारी गरिनेछ ।

→        स्थानीय खानी तथा खनिज पदार्थको पहिचान गरी अभिलेख व्यवस्थापन तथा उत्खनन् गरी लाभ लिइनेछ ।

→        हस्तकला सामाग्री र परम्परागत खाध पदार्थ (सिन्की¸ गुन्द्रुक¸मह आदी) विदेश निकासीका लागि आवश्यक वातावरण तयार गरिनेछ ।

→        उधमशिलता विकास गर्न विभिन्न क्षेत्रका सफल उधमीहरुका अनुभव आदान प्रदान गरिनेछ ।

→        विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था र सम्पर्क समाज संग सहकार्य गरिनेछ ।

→        उपभोक्ताको हक हितलाइ ध्यान दिदै संयुक्त बजार अनुगमनको कार्यक्रमको संचालन गरी उपभोक्ता अधिकार संरक्षण गरीनेछ ।

१.ग. पर्यटन

→        गाउँपालिकामा रहेका ऐतिहासिक¸धार्मिक एवं पर्यटकिय स्थलहरुको प्रचार प्रसार प्रवर्द्धन गर्ने¸ परम्परागत कला संस्कृतिको संरक्षण सम्वर्द्धन गर्ने¸ अन्नपूर्ण आधार शिविर¸ (Hidden Lake) हिडन लेक¸मरेडांडा¸ टाडापानी ताल चियाउने गह्रा क्षेत्रहरुको संरक्षण प्रवर्द्धन गरी पर्यटकीय गन्तव्यका रुपमा पहिचान गराइनेछ । अन्य धार्मिक¸ सांस्कृर्तिक¸ एतिहासिक र पर्यटकीय स्थानको विवरण संकलन गरी प्रचार प्रसार ब्रोसर प्रकाशनमा ल्याइने छ । 

→      गाउँपालिकाको  वडा नं. ८ विरेठाँटी र वडा नं. ७ को पोथनामा विदेसी प्रयटकको गणना कार्यको सुरुवात गरिनेछ र गणना कार्यमा प्रति प्रयटक रु १०० संकलन गरि पर्यटन सूचनाकेन्द्रको उपयोगमा लगाइने नीति अवलम्बन गरिनेछ ।

→        भदौरे¸ घान्द्रुक¸ लान्द्रुक¸ पोथना¸ अष्टेलियनक्याम्प¸ पाउँदुरकोट¸ दाङसिङमा रहेका होमष्टेको प्रचार प्रसार¸प्रवर्द्धन व्यवस्थित गर्नुका साथै सो क्षेत्रहरुलाइ पर्यटन सुचना केन्द्रका रुपमा विकास गर्न पहल गरिनेछ ।

→        गाउँपालिका भित्र रहेका पर्यटकिय पदमार्गहरुको विस्तार तथा मर्मत संहार गरिनेछ ।

→         गण्डकी प्रदेशले सन २०१९ लाइ आन्तरिक पर्यटन बर्ष घोषणा गरी कार्यक्रम संचालन भइ रहेका छन भने २०२० लाइ  छीमेकी अकर्षण पर्यटन बर्ष एवं सन २०२२ लाइ अन्तराष्ट्रिय पर्यटन बर्ष अभियान संचालन भइ रहेको तथ्यलाइ विचार गरी अन्नपूर्ण आधार शिविरमा पर्यटनको बसाइ व्यवस्थित बनाउन सार्वजनिक जग्गामा रहेका लज एवं रेष्टुरेण्टहरुमा निश्चित कोठा थप गर्ने नीति अवलम्वन गरिनेछ । साथै स्थानीय पर्यटन समितिको सहकार्यमा आवश्यक पर्यटन कार्यक्रम संचालन गरिनेछ ।

→        अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना¸ हरियोवन¸ वन उपभोक्ता महासंघ संग समन्वय गरी जलवायु परिवर्तन सचेतिकरण कार्यक्रम संचालन गर्न साझेदारी अवधारणा अगाडी बढाइनेछ ।

→        गाउँपालिका भित्र पर्यटन विकासको गतिविधि अगाडी बढाउन प्रचार प्रसार गर्न अन्नपूर्ण आधार शिविर प्लास्टीक¸ टीन फलाम अन्य बस्तुको व्यावस्थापन गरी सरसफाइमा जोड दिनुका साथै  उपयुक्त समयमा तेश्रो International Annapurna Marathon  प्रतियोगिता आयोजना गरिनेछ ।

→        पर्यटकको बसाइ अवधि लम्व्याउन घान्द्रुक डांडागाउँको गुरुङ संस्कृति झल्कने सङग्राहलय¸मेलाचे पार्क¸नौडांडाको निर्माणाधिन भ्यु टावर¸ तालचियाउने गह्राको पार्क  प्रवर्द्धन एवं सोही  स्थानमा निर्माणाधिन पार्कलाइ व्यवस्थित बनाइनेछ ।

→        छोम्रोङ माथि अन्नपूर्ण आधार शिविरमा  कुनैपनी पूर्वाधार विकासका नाममा मेशीनरी ओजारको प्रयोग गरीने छैन साथै यस क्षेत्रलाइ पर्या पर्यावरण प्राकृतिक कुमारी (Virgin)  क्षेत्र घोषणा गर्ने नीति अवलम्वन गरी विशेष राहत¸उद्दार विपतको अवस्थामा बाहेक हवाइ हेली उडान कटौति गरी ध्वनी प्रदुषण रोक्ने नीति यथावत अवलम्वन गरिनेछ ।

→        घान्द्रुकको देउरालीबाट आले डांडा सम्म साहसिक खेल प्याराग्लाइडिङ शुरु गर्ने अनुमति दिइ थप पर्यटक भित्र्याउने नीति अवलम्वन गरिनेछ ।

→        उल्लेख्य पदयात्री पर्यटकको आगमन हुने समयमा High Altitude क्षेत्रमा पर्यटकलाइ सूचना दिन छोम्रोङ सामुदायिक स्वास्थ्य संस्था संगको सहकार्यमा पर्यटन सूचना केन्द्रको स्थापना गर्न सम्बन्धित निकासमा पहल गरिनेछ ।

१.घ. राजश्व तथा वित्तिय व्यवस्थाः

→        साविकमा रहेका करका दरहरुलाइ परिमार्जन गर्ने सम्बन्धमा गाउँपालिका स्तरीय राजश्व परामर्श समिति¸स्थानिय सरोकारवालाहरुको छलफल समेतको सिफारिसमा करका दरहरु फराकिलो पारी सवै व्यवसायीहरुलाइ करको दायरामा ल्याउन आवश्यक पहल गरिनेछ ।

→        आगामी आ.ब. देखि सवै क्षेत्रमा सम्पत्ति कर लागु गरी समयानुकुल समायोजन एव परिमार्जन गर्दै यसलाइ गाउँपालिकाको मुख्य कराधारको रुपमा विकास गरिनेछ ।

→        गाउँपालिकाको लेखाप्रणालीमा सुधार गर्न प्रदेश तथा स्थानिय संचित कोष व्यवस्थापन प्रणाली -सुत्र _ लागु गरिसकिएकोले प्रवर्द्धनको नीति अवलम्वन गरिनेछ ।

→        गाउँपालिकाको विकास निर्माण लगायत कार्यसंचालन गर्दा वेरुजुको अंकलाइ बढन नदिन आयोजनाको कामको आधारमा भुक्तानी दिने कार्यलाइ अगाडी बढाइनेछ । जसबाट पेश्की बेरुजु बढ्न नदिइ पेश्की शुन्य रहनेछ ।

→        बार्षिक रु एकलाख भन्दा बढी कर तिर्ने करदाताहरुको अभिलेख राखी निजहरुलाइ विशेषरुपले पुरस्कृत र सम्मान गर्ने नीति अवलम्वन गरिनेछ ।

→        समाजमा सहकारीताको विकास गराइ समुदायमा अधारित सहकारी संस्था एवं सहकारी उधमको विकासका लागि महिला एवं युवा वर्गलाइ प्रोत्साहन गरिनेछ ।

२. सामाजिक विकासः

२.क खानेपानी तथा सरसफाइः

→        गाउँपालिका खुल्ला दिशामुक्त  घोषणा भइसकेकोले गाउँवासीलाइ पुर्ण सरसफाइ तर्फ उन्मुख गराउदै निश्चित स्थानहरुमा सार्वजनिक शौचालय निर्माण  संचालन लाइ निरन्तरता दिइने छ ।

→        सरसफाइका लागि मानिसहरुको वानि व्यवहारमा परिवर्तन गर्न गाउँपालिका भित्र जनचेतनामुलक कार्यक्रम संचालन गरिनेछ । फोहरमैला व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइटको सम्भाव्यता अध्ययन गरिनेछ । फोहरमैलालाइ श्रोतमै न्युनिकरण गर्न घर घरमा कुहिने नकुहिने फोहर छुट्याउन वडावासीमा जागरण मुलक कार्यक्रम संचालन गरीनेछ ।

२ .ख. लैङगिक समानता तथा सामाजिक समावेशीकरण

→        सामाजिक सदभाव र एकीकरण अभिबृद्धि गर्न दलित¸ आदिवासी¸ जनजाती¸ फरक क्षमता भएकाहरुको   आय आर्जन र क्षमता विकासका कार्यक्रम संचालन  गरिनेछ ।

→        दलित¸आदिवासी¸जनजाती¸सिमान्तकृत वर्गहरुको परम्परागत सीप विकास¸भेष भुषा¸भाषा लिपी तथा संस्कृतिको संरक्षण र सम्बर्द्धनमा विशेष ध्यान दिइनेछ ।

→        विकासका हरेक क्रियाकलापमा महिलाहरुको सहभागिता र पहुँच अभिबृर्द्धि गर्दै लैङगिक विकासका लागि समानुपातिक व्यवहार¸आय आर्जन र क्षमता विकास कार्यक्रम मार्फत सशक्तिकरण गरिने नीति अवलम्बन गरीनेछ साथै छुवाछुत लगायत सवै प्रकारका विवेधको न्युनिकरण गर्न पहल गरिनेछ ।

→        जेष्ठ नागरिकहरुको समाजमा सामाजिक पहिचान र सम्मान बृद्धि गर्न सहयोग एवं सम्मान पुग्ने खालका कार्यक्रमहरु संचालन गरिने छ । साथै ७५ बर्ष माथिका जेष्ठ नागरिकको हेरचाह संरक्षणका लागि कम्तिमा ३ वटा निशुल्क स्वास्थ्य शिविर संचालन गर्न पहल गरिनेछ ।

→  ६० बर्ष उमेर पुगेका नागरिकको जेष्ठता पहिचानका लागि जेषठ नागरिक परिचय पत्र वितरण कार्यलाइ निरन्तरता दिइनेछ ।

→      गाउँपालिकाको विकासको लागि जेष्ठनागरिक हरुमा भएको ज्ञान सिप र अनुभवलाइ पुस्ता हस्तान्तरण गर्ने नीति अवलम्बन गरिनेछ ।

२.ग. शिक्षा युवा तथा खेलकुद

→     ;j} txsf  lzIfsx?nfO{ dfudf cfwf/Lt lzIf0f l;sfO{ tflnd lbO{ lzIf0f l;sfO{df cfPsf s7LgfO{ cGTo ul/g] lzIfnfO{ k|ljlwd}qL jgfO{ l;sfO{ pknJwLdf j[4L u/L u’0f:t/Lo lzIff / k|fljlws lzIff pknJw u/fO{g] gLlt lnOg]5 .

→        विद्यार्थि सिकाइ उपलब्धि परिक्षण गर्दा उत्कृष्ठ विद्यालयलाइ प्रोत्साहन रकम उपलब्ध गराइने छ ।

→        खेलकुदको माध्यामवाट नयाँ प्रतिभा खोजि गरि क्षमता विकास गर्ने नीति अवलम्बन गरिनेछ

→        गुणस्तरीय शिक्षाका लागि प्रस्तावित नमुना मा.वि. को  भौतिक पुर्वाधार निर्माण र शैक्षिक कार्य योजना कार्यान्वयनमा जोड दिइनेछ¸ विद्यार्थिको रोजाइ सामुदायिक विद्यालय बनाउने नीति अवलम्बन गरिनेछ ।

→        गा.पा. भित्र रहेका गुरुङ समुदायहरुको भाषा¸लिपि एवं संस्कृतिको संरक्षण गरी गुरुङ भाषामा आधारभुत तहमा कक्षा संचालनको प्रयास गरिनेछ । लोक भाषा संस्कृतिको संरक्षणका लागि प्रविण गुरुङ स्मृति लोक दोहोरी प्रतियोगितालाइ निरन्तरता दिइनेछ ।  

→        गाउँपालिका स्तरीय खेलकुल विकास  समितिको समन्वयमा खेलकुद मैदान निर्माण सुधारमा ध्यान पुर्याइनेछ । आगामी बर्ष पनि राष्ट्रपति कप खेलकुदको आयोजना गरी सवै वालवालिकालाइ पढाइका अतिरिक्त खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा सहभागी गराइने नीति लिइनेछ ।  

→        अन्तराष्ट्रिय वाल अधिकार सम्बन्धि महासन्धि एवं राष्ट्रिय नीतिहरुले समेत निर्देश गरेका वालवालिकाहरुको बाच्न पाउने अधिकार¸विकासको अधिकार र सहभागिताको अधिकारलाइ गाउँपालिकामा प्रवर्द्धन गर्दै लगिने छ । गाउँपालिकालाइ पुर्ण साक्षर घोषणा गरिएकाले विद्यालय वाहिर रहेका वालवालिकाहरुको खोजी गरि शैक्षिक संस्थामा पढने वातावरणको सिर्जना गरिनेछ ।  

→        प्राथमिक उमेर समुहका सम्पुर्ण वालवालिकाहरु लाइ विधालय भर्ना गराइ टिकाउको लागि सामाजिक परिचालक मार्फत प्रोत्साहित गरी साक्षरता शत प्रतिशत पुर्याउने नीति अवलम्वन गरीनेछ ।

→        शिक्षकहरुले लिएको सवै प्रकारका तालिमहरुको कक्षा कोठामा अनिवार्य प्रयोय गरिनेछ । र आधारभुत तहको शिक्षामा पढाइ सिपको विकास गर्न राष्ट्रिय प्रारंभिक सिप कार्यक्रमलाइ विधालयको नियमित कार्यक्रमको विकास गरिनेछ ।

→        शिक्षण पेशा र शिक्षकहरुको सम्मान अभिबृद्धिका लागि कार्यक्रम संचालन गरिनेछ । शिक्षक विधार्थी र अभिभावकको आचार संहिता व्यवाहारमा लागु गर्न जोड दिइनेछ ।

→        सार्वजनिक सेवामा पहुंच बृद्धि गर्न लोकसेवा आयोग लगायतका प्रतिस प्रधात्मक क्षमता अभिबृद्धिका लागि तयारी कक्षा संचालन गर्ने नीति अवलम्बन गरिनेछ ।

२ घ. स्वास्थ्य

→ गाउँपालिकामा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा विस्तार र स्तरोन्नती गरी प्रभावकारी सेवा प्रवाह गर्ने व्यवस्था मिलाइनेछ¸गुणस्तरिय आयुर्वेद सेवाको लागि उपकरण आपुर्ति¸भौतिक संवरचना सुधार एवं औषधि आपुर्तिमा सहजीकरण गरिनेछ ।

→        गा.पा.भित्र रहेका स्वास्थ्य चौकी सामुदायिक स्वास्थ्य इकाइहरुमा राज्यद्धारा घोषित निशुल्क ओषधि खरिद एवं वितरण विगत झै समयमै खरिद एवं वितरण गरी ओषधी अभाव हुन नदिने नीति अवलम्वन गरीनेछ ।

→        जनस्वास्थ्यलाइ अत्यावश्यक¸आधारभुत तथा मौलिक अधिकारका रुपमा स्थापित गर्दै स्वास्थ्य संस्थाको स्तरोन्नती एवं स्वास्थ्य सेवा प्रवाहलाइ गुणस्तरीय वनाइने छ । गा.पा. को घट्टेखोला देखी नयांपुल सम्मका सडक दुर्घटनामा प्राथामिक उपचारको व्यवस्थाका लागि राजमार्ग अस्पताल स्थापना संचालनका लागि संघीय तथा प्रदेश सरकारलाइ आवश्यक व्यवस्थापन गर्न अनुरोध गर्ने नीति लिइनेछ ।

→ गा.पा भित्रका स्वास्थ्यचौकीमा रोग पहिचान प्रयोगशाला स्थापना गर्ने नीति अवलम्बन गरिनेछ । ७० बर्ष माथिका सवै नागरिकको स्वास्थ्य वीमा अनिवार्य गरी विमीत प्रमाणको ५० % अनुदान दिने नीति अवलम्बन गरिनेछ ।

→ विद्यालयमा अध्ययनरत छात्र छात्राहरुको स्वास्थ्य सुरक्षाका लागि नजिकको स्वास्थ्यचौकी वाट कम्तिमा ३ महिनामा एक पटक स्वास्थ्य परिक्षण गर्ने नीति लिइनेछ । मा.बि. स्तरमा एक नर्सिङ स्टाफ व्यवस्थापन गर्ने नीति अवलम्बन गरिनेछ ।

३ . पूर्वाधार विकास नीति :

→        स साना सडकहरुमा रकम लगानी गर्दा रकम छरिन गइ प्रतिफल प्राप्त हुन नसक्ने भएकाले गाउँपालिकाको ग्रामिण यातायात गुरुयोजना अनुसार क¸ख¸र ग¸श्रेणिका सडकहरुलाइ प्राथामिकताका साथ रकम विनियोजन गर्ने नीति लिइनेछ  । स्तरोउन्नती भएका गा.पा.का मुख्य सडकमा बर्षे पानीको निकास एवं सुरक्षाका लागि निश्चित स्थानमा हेरचाहा सरसफाइकर्मी नियुक्त गरी काममा लगाइने नीति अवलम्बन गरिनेछ ।

→        सडक निर्माण र स्तरोन्नती गर्दा रणनीतिक महत्वका सडकहरु खासगरी ग्रामिण यातायात गरुयोजना मुताविकका सडकहरुमा रकम विनियोजन गर्नुका साथै यस आ.ब.को लागि नयाँ ट्याक नखोल्ने र भइरहेका सडकहरुको स्तरेन्नती र मर्मत संभारमा विशेष जोड दिइनेछ ।

→        सडक आकस्मिक मर्मत संभारका लागि संभार कोषको व्यवस्था गर्ने नीति अवलम्वन गरिनेछ ।

→        गाउँपालिकाको केन्द्र¸वडा कार्यालयहरुको भवन निर्माण र व्यवस्थित गर्न संघिय सरकार र प्रदेश सरकार तथा सम्बन्धित सहयोगी निकायमा अनुरोध गरिनेछ  साथै जिल्ला समन्वय समितिवाट प्राप्त हुनजाने राजश्व रकम र गा.पा.को संयुक्त लगानीमा वडा भवन निर्माण गर्ने नीति लिइनेछ ।

→        गाउँपालिकाको सवै वडामा पाइपद्धारा  खानेपानिको व्यवस्थापन गर्ने तर्फ विशेष जोड दिइनेछ । साथै एक घर एक धारा कार्यक्रम लाइ निरन्तरता दिइ आ.ब. २०७८/०७९ सम्म सवै घरमा खानेपानी सुविधा एकघर एकधारा पुर्याउने खालका कार्यक्रम संचालन गरिनेछ ।

→        टोल  विकास संस्थाहरुको गठन र संस्थागत क्षमता विकास गर्दै क्रमशः सहकारीकरण गर्ने टोलविकास संस्थालाइ सामाजिक विसंगति¸कुसंस्कार हटाउने माध्यामका रुपमा परिचालन गरिनेछ टोल विकास संस्थालाइ शसक्त वनाउन न्युनतम संचालनका लागि रकम विनियोजन गर्ने  नीति लिइनेछ ।

→        कृर्षि क्षेत्रको व्यवसायीकरण र बजारीकरण तर्फ उच्च जोड दिइनेछ । वडा नं. २ को चुहीनेपहरा वा मुख्य राजमार्ग नजिक सवैलाइ पायक पर्ने स्थानमा कृर्षि उपज संकलन तथा विक्री केन्द्र निर्माण व्यवस्थापनको पहल गरिनेछ ।

→        ठुला आयोजनाहरुको कार्यान्वयन पुर्व सम्भाव्यता अध्ययन एवं वातावरणीय प्रभावको समेत मुल्याङकन गरी कार्यान्वयन गरिनेछ । खासगरी गाउँपालिका स्तरीय मुख्य सडकहरुको विस्तृत योजना प्रतिवेदन डि.पि.आर. रिपोर्टका आधारमा आगामी कामहरु अगाडी बढाइनेछ ।

→  कम्तिमा ५५ घरधुरी विपन्न¸ कमजोर¸  दलित¸ जनजाती¸ आदिवासी आफ्नो जग्गाधनी प्रमाणपुर्जा भएर जस्ता लगाउन असक्षम वडा वासीलाइ कानुन निर्माण गरी सुरक्षीत आवासको प्रयोग पाइलटीङका रुपमा लागु गर्ने नीति अवलम्बन गरिनेछ ।  

४. वातावरण तथा विपद व्यवस्थापन

→ गाउँपालिका भित्र प्रयोग विहिन अवस्थामा रहेका ढुंगा¸ गिट्टी¸ वालुवा¸ रोडा लगायतका प्राकृतिक श्रोतको

उच्चतम उपभोगका लागि आइ.इ.इ (IEE) लगायतका कानुनी प्रकृया पुरागरी पूर्ण उपयोग गर्ने नीति लिइनेछ ।

→        हिमाल तथा पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर न्युनिकरण गर्न सरोकार वाला संग समन्वय गरीनेछ ।

→        फेवाताल जलाधार क्षेत्रको तल्लो तट र उपल्लो तटको विचको वातावरणीय लाभको सन्तुलन मिलाउन Environmental Paying Service  को नीति लागु गर्न आवश्यक देखिएकोले पोखरा महानगरपालिका र प्रदेश सरकार संग समन्वय गरिनेछ ।

→        पुर्खाले हुर्काएका रुखको संरक्षण र नयाँ वृक्षारोपण गरी जलाधार क्षेत्रको संरक्षण गरिनेछ । टोल विकास संस्था¸ स्थानीय समुदाय¸ सुरक्षा निकाय¸ नागरिक समाज र संचार माध्यामको समन्वय र सहभागितामा बनडढेलो रोकथाम तथा नियन्त्रण गरिनेछ ।

→        विपद व्यवस्थापन कोष व्यवस्थापन कार्यविधि अनुरुपका कृयाकलाप लाइ निरन्तरता दिइने छ । विपद पुर्व तयारी र न्युनतम सामाग्रीको व्यवस्थापन गरिने छ साथै आगामि आ.ब.मा कम्तिमा १०० पिपलका रुख रोप्ने   नीति अवलम्बन गरिनेछ ।

५. संस्थागत विकास तथा सेवा प्रवाह

→        गाउँपालिकाको कार्यसम्पादनलाइ छिटो छरितो एवं सेवाग्रही मुखि तुल्याउन व्यवस्थापकीय क्षमता अभिवृद्धिमा जोड दिइनेछ ।

→        गाउँपालिकाको संस्थागत क्षमता वृद्धिका लागि भौतिक पूर्वाधार विकास तथा अभिलेख प्रणालिलाइ व्यवस्थित गर्दै प्रविधि मैत्री वनाइनेछ ।

→        उत्कृष्ट काम गर्ने कर्मचारी¸करदाता¸उपभोक्ता समिति¸पत्रकार¸टोलविकास समितिहरुलाइ पुरस्कृत गर्ने पद्धतिलाइ आगामी आ.ब. पनि निरन्तरता दिइनेछ ।  गा.पा.मा दरबन्दी रहेका कर्मचारीहरुको क्षमता अभिबृद्धिको लागि तालिम संचालन गरिने छ साथै कामको प्रभावकारीता र उपलब्धि मापन गरी प्रोत्साहन सुविधा दिने नीति अवलम्बन गरिने छ ।

→        आगामी बर्ष फाल्गुण २७ गतेलाइ गाउँपालिका स्थापना दिवस एवं बार्षिकउत्सवको रुपमा मनाउने कार्यको थालनी गरी सो लाइ निरन्तरता दिइनेछ ।

→        गा.पा. भित्र संचालन हुने क्रियाकलापमा गै.स.स.हरुको साझेदारीमा कार्यक्रम संचालन गरिनेछ । साथै अनुभव आदान प्रदान असल सिकाइ अवलम्वन गर्न अन्तराष्ट्रिय स्तरमा भागिनी सम्बन्ध कायम गर्ने नीति अवलम्बन गरिनेछ ।

→        गाउँपालिकाका विविध सेवाहरु सके सम्म घर दैलो मै उपलब्ध गराउन समय समयमा घुम्ति शिविर संचालन गर्ने नीति अवलम्वन गरिनेछ ।

→        गाउँपालिकालाइ कार्यक्षेत्र वनाइ संचालनमा रहेका गै.स.स.हरुको प्रोफाइल बनाउन सुरुवात गरिनेछ र गै.स.स.का उत्पादन  मुलक काममा गा.पा.को सहभागिता जनाउने नीति अवलम्बन गरिने छ ।

→        पुरातात्विक महत्वका स्थानहरु मठ¸मन्दिर¸धार्मिक क्षेत्र खानेपानी मुहान¸ताल तलैया आदी प्राकृतिक श्रोत साधनको अभिलेख व्यवस्थापन र सम्रक्षणको नीति लिइनेछ ।

→ गा.पा.को बृहत्तर दिर्घकालिन विकास योजना श्रोत साधनको व्यवस्थापनका लागि आवधिक योजना मध्यकालिन खर्च संरचना र बार्षिक योजना विच तादम्यता कायम गरिनेछ ।

उपस्थित गाउँसभाका सदस्यहरु

अन्त्यमा  सम्रृद्ध नेपाल सुखी नेपालीको संघीय सरकार एवं समृद्ध प्रदेश र सुखी नागरिक भन्ने गण्डकी प्रदेश सरकारको भावनामा रहेर प्रस्तुत नीति कार्यक्रम तयार पारिएको छ । यसका लागि स्थानिय मागका शसक्त योजना निर्माण¸ प्रभावकारी कार्यान्वयन व्यक्तिगत चाहना माथि उठेर सहभागितामा आधारित विकास साझा पहलको आवश्यकता छ । नेपालको राजनैतिक इतिहाँसलाइ हेर्दा दलहरुले मुलुकको विकस र समृद्धिको लागि देखाएको ऐक्यवद्धता¸ सहकार्य¸ साझेदारी र समन्वयको संस्कृति यस घडीमा स्मरण गर्न चाहन्छु र गाउँपालिकामा पनि विगत झै सदभाव¸सहकार्य र साझेदारीको निरन्तरताको अपेक्षा राखेको छु । साथै समुन्नत समाज निर्माण गर्न सवैको सहयोय हुनेनै छ भन्ने विश्वास लिएको छु । गाउँपालिकाको विकास अभियानमा अफ्नो क्षेत्रवाट भुमिका निर्वाह गर्नुहुने सम्पुर्ण जनपर्तिनिधी¸ राष्टसेवक कर्मचारी¸ विद्धान¸ नागरिक समाज¸ विकास पत्रकार¸ निजी गै.स.संस्था लगायत देश विदेशमा रहेर भलो चाहने महानुभाव प्रति हार्दिक आभार र कुनै पनि सामाजिक आर्थिक सास्कृर्तिक र राजनैतिक आस्थाको कारण गाउँपालिकाको विकासको मुल प्रवाहिकरणवाट बन्चित हुनेछैन भन्ने विस्वासका साथ विदा हुन चाहन्छु¸

युवराज कुंवर

अध्यक्ष

अन्नपुर्ण गाउँपालिका

कास्की