समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सार्थक बनाउन तल्लिन प्रधानमन्त्री

संघर्षपुर्ण आन्दोलनको नेतृत्व त्याग र बलिदानी तथा अनवरत मेहनत बाट नेपाली राजनीतिको खम्बा बन्न पुगेका प्रधानमन्त्री ओलि विध्यालय शिक्षा कमै हासिल गरेका भएता पनि राष्ट्रहितका मुद्दा र राष्ट्र निर्माणका एजेन्डा तथा समृद्ध देशको दृढ संकल्प र अठोटमा सबैभन्दा अग्र स्थानमा पर्छन ।

तानाशाही राजतन्त्रको विरुद्ध र जनताको हक र अधिकारका निम्ति आन्दोलनमा होमिएका कारण १४ बर्ष लामो जेल जीवन बिताएका उनी जेलमा रहँदा तिव्र यातना मात्रै भोगेनन तत्कालीन तानाशाही राजसंस्थाले मृगौला रोगको पिडित बनायो । मृगौला प्रत्यारोपण पश्चात् दिर्घ जीवन पाएका उनी यतिबेला अस्वस्थ हुँदाहुँदै देश विकास र समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सार्थक बनाउन दैनिक १८ घण्टा व्यस्त रहन्छन ।

तत्कालीन एमाले र माओवादीको नौ महिने गठबन्धन सरकारको प्रधानमन्त्री भएका बेला भारतले लगाएको नाकाबन्दीको ठाडो सामना तथा तुइन हटाउने रेल र पानीजहाज चलाउने महत्वाकांक्षी योजना प्रस्तुत गरेपछि आम जनता माझ लोकप्रिय बन्न पुगे जसका कारण अहिले करिब दुई तिहाइ नजिकको शक्तिशाली सरकार बन्न पुग्यो र यहि सरकारको प्रधानमन्त्री स्वयं ओलि बन्न पुगेका छन ।

सरकारको नेतृत्व लिएपछि तुइन हटाएका ओलि यतिबेला रेल र पानीजहाज चलाउन तल्लिन छन जसका निम्ति कतै डिपिआर तयार भइसक्यो कतै अध्ययन चलिरहेको छ त कतै रेलमार्ग बनाइन लिग बनिरहेका छन । पानीजहाज चलाउन अनुसन्धान भइरहेको छ । ढिलाइ हुन सक्ला स्वभाविक हो तर ओलिले सपना देखेकै कारण नेपालको आफ्नै रेल र पानीजहाज पक्कै चल्नेछ ।

स्वदेशमै रोजगारी उत्पादन गरि युवाहरूलाई भरपर्दो रोजगारी दिलाउन स्वदेशी तथा वैदेशिक लगानी भित्र्याउन सरकार तल्लिन देखिन्छ । रोजगारी सिर्जनाको सुरुवात प्रधानमन्त्री रोजगार कार्यक्रम बाट भइसकेको छ । स्वदेशमै रोजगार गर्नेहरुको सामाजिक सुरक्षाको प्रत्याभुती गर्न योगदानमा आधारित सामाजिक सुरक्षा योजना प्रारम्भ भइ कार्यान्वयन को चरणमा छ ।

रचनात्मक सहयोग गर्ने बाचा गरेर पनि असहयोग मात्रै गरेको प्रतिपक्षी को घेराबन्दीका बिच पनि राष्ट्र निर्माणका आधार हरु तयार भइरहेका छन । भ्रम छर्ने नेपालको पुरानै प्रवृत्ति हो यसबाट कत्तिपनी नडगमगाइ समृद्ध नेपाल सुखी नेपाली अभियानलाइ सार्थक बनाउन अझै मेहनत गर्दै जानुहोला हार्दिक शुभकामना प्रधानमन्त्री ज्यु ।।