डेबिज फल टोललाई फुटबल उपाधि

डेविज फल्स क्लबले शनिबार आयोजना गरेको टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधि डेबिजफल टोलले ६-३ को अन्तरले जितेको छ । प्रतियोगितामा बेलघारी टोल उपविजेता बन्यो ।

कार्यक्रममा पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले खेलकुद आत्मीयता विकास र स्वस्थ बन्ने माध्यम भएको बताए । उनले खेलकुदको विकास र विस्तारका लागि वडाले यथाशक्य प्रयत्न गरिरहेको बताए । हालै पोखरा १७ ले वडाध्यक्ष कप फुटबल आयोजना गरेको थियो ।

खेल डेबिजफल क्लबको क्षेत्र अधिकार भित्र भएका टोल विकास संस्थालाई समावेश गरिएको थियो।प्रतियोगितामा ९ टिमको सहभागिता थियो । खेलमा बिजेता टिमका कुशल थापाले उत्कृष्ट खेलाडीको उपाधी प्राप्त गरेका थिए।

क्लबका अध्यक्ष पुष्प बरालको अध्यक्षतामा भएको कार्यक्रममा छोरेपाटन माविका अध्यक्ष झपिन्द्रराज रेग्मी र क्लबका महासचिव दीपक सुवेदीले पनि बोलेका थिए ।