नेपाल समृद्ध बनाउन मिल्दैन किनकि यो कांग्रेसको विर्ता हो

प्रधानमन्त्री ज्यु तपाईं बन्द भएका उध्योग संचालन गर्न पाउनुहुन्न किनकी यो देश कांग्रेस को विर्ता हो, प्रधानमन्त्री ज्यु तपाईं तपाईं यो देशमा रोजगारीका अवसर सिर्जना गर्न पाउनुहुन्न किनकी यो देश कांग्रेस को विर्ता हो । प्रधानमन्त्री ज्यु तपाईं बन्द रहेका विमानस्थल सुचारु गर्न पाउनुहुन्न किनकी यो देश कांग्रेसको विर्ता हो प्रधानमन्त्री ज्यु तपाईं यो देशमा यातायातको सिण्डिकेट हटाउन पाउनु हुन्न किनकी यो देश कांग्रेसको विर्ता हो । प्रधानमन्त्री ज्यु तपाईं किलोका किलो सुन पक्राउ गरेर सुन तस्करको अध्याय समाप्त पार्न पाउनु हुन्न किनकी यो देश कांग्रेसको विर्ता हो ।

तपाईं मनोज पुन जस्ता सिरियल किलर को चक्रव्यु तोड्न पाउनुहुन्न किनकी यो देश कांग्रेसको विर्ता हो । प्रधानमन्त्री ज्यु तपाईको सरकारले गुन्डा नाइके भनाउँदा हरुलाई पक्राउ गर्न पाउँदैन किनकी यो देश कांग्रेसको विर्ता हो । प्रधानमन्त्री ज्यु तपाईं यो देशमा रेल र पानीजहाज चलाउन पाउनुहुन्न किनकी यो देश कांग्रेसको विर्ता हो । तपाईं वृद्ध भत्ता लगायतका सामाजिक सुरक्षा भत्ता र सरकारी कर्मचारीको तलब बढाउन पाउनुहुन्न किनकी यो देश कांग्रेसको विर्ता हो । प्रधानमन्त्री ज्यु तपाईं जनतालाइ आवतजावत सहज होस भनेर भएका सडकको स्तरोन्नति गर्न र नभएका ठाउँमा सडक पुर्याउन पाउनुहुन्न किनकी यो देश कांग्रेसको विर्ता हो ।

तपाईं पत्रकारिताको नाममा छाडातन्त्र हावी गराउने माथी नियन्त्रण गर्न पाउनुहुन्न । तपाईं बिरामिको जिवनमाथी खेलवाड गर्ने चिकित्सक लाई कारवाही गर्ने नियम बनाउन पाउनुहुन्न किनकी यो देश कांग्रेसको विर्त हो ।। समग्रमा भन्दा यो देशमा कम्युनिस्ट सरकारले जतिसुकै राम्रा काम गरोस तर कांग्रेसले अनेक प्रोपोगन्डा रचेर भ्रम छर्न छोड्दैन । त्यसैले प्रधानमन्त्री ज्यु तपाईं यो देशमा केही गर्न पाउनुहुन्न ।।