फिफा वरियतामा नेपाल ४ स्थान तल झरेको छ । \
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ४ स्थान तल झर्दै १ सय ६५औँ स्थानमा रहेको हो । यसअघि नेपाल १ सय ६१औँ स्थानमा थियो ।
४ स्थान तल झरेको नेपाल दक्षिण एशियामा भने तेस्रो स्थानमा छ । नेपालभन्दा माथि भारत १ सय १ औँ स्थानमा छ भने माल्दिभ्स १ सय ५१ औँ स्थानमा रहेको छ ।
नेपालभन्दा तल रहेको बंगलादेश १ सय ८३औँ स्थानमा छ भने भूटान १ सय ८६औँ स्थानमा छ । त्यसैगरी श्रीलङ्का २ सय १ तथा पाकिस्तान २ सय ३औँ स्थानमा छ ।
विश्व वरियतामा बेल्जियम भने शीर्ष स्थानमा यथावत् नै छ । फ्रान्स दोस्रो तथा ब्राजिल तेस्रो स्थानमा छ ।





