भारतले गर्ला त अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन ?

इंगल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा बिहीबार भारत र न्यूजिल्याण्ड विरुद्धको खेल रद्ध भएको छ । वर्षाले गर्दा यो खेल रद्द भएपछि दुवै टिमले एक एक अंक बाँडेका छन् । 

यसैबीच भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले आफूहरु पाकिस्तान विरुद्धको खेलका लागि केन्द्रित हुने बताएका छन् ।

पाकिस्तान र भारतबीचको खेल १६ जुन ( १ असार) मा हुँदैछ । यो दिन भारतीय खेलाडीहरुको सबैभन्दा उत्कृष्ट प्रदर्शन सामने आउने कोहलीले बताएका छन् । 

विश्व क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल निकै चर्चाको बिषय बन्दै आएको छ । भारत र पाकिस्तानबीच आइतबार ओल्ड ट्राफोर्डमा हुने खेलमा दुवै टिमले आफ्नो उत्कृष्ट पस्किने दावी गरेका छन् । 

कोहलीले आफुहरु राम्रो क्रिकेट खेलिरहेका कारण पाकिस्तानसंग खेलका लागि चिन्तित भने नभएको बताएका छन् । उनले भनेका छन्, ‘मैदानमा गएपछि सबै शान्त हुने गर्दछ । नयाँ खेलाडीहरुका लागि केही फरक हुन सक्छ ।’

न्यूजिल्याण्ड विरुद्धको खेल रद्द भएर अंक बाँड्दा कोहली खुशी नै छन् । उनले भने, ‘मैदान सुरक्षित थिएन । खेलाडीहरु घाइते हुन सक्थे । जे भयो ठीकै भयो ।’