आइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत भारत र न्युजिल्यान्डबीचको खेल वर्षाका कारण प्रभावित बनेको छ।
ट्रेन्ट ब्रिजमा दिउँसो सवा ३ बजे देखि सुरु हुनु पर्ने खेल बर्षा भएपछि टस समेत हुन सुरु नभएको हो । जारी विश्वकपमा यसअघि तीन वटा खेल वर्षाका कारण रद्द भइसकेका छन्।
आइसिसी क्रिकेट विश्वकप २०१९ मा भारत र न्युजिल्यान्ड अपराजित टिम हुन्। न्युजिल्यान्डले सुरुवाती ३ खेलमा जित हात पारेको छ। भारतले पनि लगातार २ खेलमा जित हात पारेर उपाधि जित्ने अभियानमा अघि बढिरहेको छ।
बिहीबार ट्रेन्ट ब्रिजमा यी दुई टिम भिड्दैछन्। दिउँसो सवा तीन बजे हुने खेलमा दुवै टिम आफ्नो अपराजित यात्रालाई कायम राख्न केन्द्रीत हुनेछन्।





