मैले जीवनमा बिसौं हजार स्टेटस लेखेहुँला । तर गुण्डागिरी शैलीले काम गर्न चाहने स्थानीय सरकार प्रमुख बनेको ईटहरी मेयर द्वारिका चौधरीको बारेमा लेखिएको स्टेटस र त्यसमा बामपन्थी मेयरलाई आतंकबादी बनाउन उकासेको समर्थिकहरूको कमेन्ट हेर्दा, पढ्दा यति अराजक, यति वाहियात र यति मगज बिग्रेको नेपाली समाज बन्न पुगिसकेको पो रहेछ भनेर मलाई झनन्न पारेको छ। यस्ता कमेन्टहरू पढ्दा नेपालको राजनीति, शासन, प्रशासन, संस्कार, संस्कृति, अनुशासन, जिम्मेवारीबोध, नैतिकता, कानुनको शासन, पदीय कर्तव्य, लोकलाज, पुण्यपाप, डरभय, आशाबादिता, आत्मविश्वास सबै होलसेलमा ध्वस्त भएको र यस्तो कुरा गर्नेलाई झन महान व्यक्तित्व झैं बनाउन खोजेको घोर नकारात्मक सोच अभिव्यक्त देखिनु यो समाज संसारमा कहिल्यै सम्मानित सभ्य बन्न/ हुन नसक्ने, कहिल्यै तंग्रन नसक्ने, कहिल्यै समृद्ध हुन नसक्ने अवस्थाबाट निकै टाढिई सकेको आभाष हुदैछ।
जुन देशका सरकारप्रमूख नै आतंकबादी शैली अख्तियार गर्छ र युवाहरूले त्यसलाई समर्थन गरेर मनको भडास पोख्छन्, त्यो राज्य हुदैन, डनगिरीको पक्षपोषक हुन्छ। यसबाट नेता र जनताको अधिकांश हिस्सा कडा मानसिक रोगी बनिसकेको प्रमाणित हुन्छ। नेपाली समाजको यस्तो रोगको निदान राजनीतिक समाधान भन्दा सामाजिक मलमपट्टी, रिड्रेसल गर्नुपर्ने अवस्था टड्कारो देखियो । राजनीतिले जन्माएको भिरंगी रोग सामाजिक उपचारको मलमपट्टिले मात्र केही बिशेक होला! संविधान र कानुनको रक्षा गर्छु, विधिको शासन गर्छु, कानुनको पालन गराउछु भनेर सपथ लिएर बनेको सरकार प्रमुख नै काटिदिन्छु , मारिदिन्छु, नाकको डाडी भाचिदिन्छु भन्छ । केही जनता हो मा हो भन्दै उफ्रदै ताली पिट्दै त्यस्ता चरित्रलाई उकास्छन् । कसैले यस्तो असभ्य काम नगरौं भन्यो भने उसबिरूद्ध विष वमन गर्दै बहुलाउछन्।
के यो मुलुक पूरै पगलेट भएको हो? के हामीले खोजेको चाहेको शासन व्यवस्था र आदर्श नेता यस्तै हो? बोल्ने त बहुलाएका हुन् र कोही पनि कुनै क्षण पनि बहुलाउन सक्छ भनेर मानौ ल, तर तिनको समर्थनमा उफ्रन अभिशप्त युवावर्ग र कथित पठित जागरूक भनाउदाहरू चैं के भएका हुन्? यस्तो अवस्था देखिनु भनेको समाज होलसेलमा भयंकर मानसिक रोगी बनिसकेको संकेत हो। द्वारिका चौधरीलाई जतिले समर्थन गरेको भनिएको छ, त्यो भन्दा बढी समर्थकहरू डाकु बिरप्पनका थिए, उनका झन धेरैले प्रशंसक पनि थिए।
चरी, घैटे, नटवरलाल , हाजीमस्तान ,चाल्स शोभराजलाई पनि द्वारिकालाई भन्दा बढीले प्रशंसा गरेका छन्। द्वारिकाको अराजक गुण्डा ब्यवहारले गर्दा सभ्य समाजका सभ्य नागरिकको शिर निहुरेको , नेपाली भन्न लाज लागेको , विदेशमा मुख देखाउन नसकेको, कम्युनिष्ट जंगली हुन्छन् भन्ने दोष अनाहकमा बेहोर्न परेको, कानुन हातमा लिएर अपराध गर्नेलाई नथुनेको, पदमुक्त गर्न नसकेर यो दुईतिहाईको सरकार निरीह र झन् बदनाम भएको, त्यो पनि स्थानीय सरकारको आफै प्रमुख हुदाहुदै !
द्वारिका चौधरीलाई जतिले समर्थन गरेको भनिएको छ, त्यो भन्दा बढी समर्थकहरू डाकु बिरप्पनका थिए, उनका झन धेरैले प्रशंसक पनि थिए।
यो भन्दा घटिया काम अरू केही हुदैन र त्यस्ताको समर्थन गर्ने जस्तो पतीत नागरिक अरू कोही हुदैन । गुण्डाराजका समर्थकहरू सभ्य समाजमा मानसिक रोगी ठहरिन्छन्, यसले मानसिक रोगीको संख्याको सूचकांक दिईरहेको मात्र छ। नेपाली समाज र अधिकांश युवावर्ग लगभग मानसिक रोगी भैसकेको छ। मानसिक रोगी आफूलाई नियन्त्रण राख्न सक्दैन, ती गुण्डा होस् कि गुण्डाका समर्थक हुन् । लाख कुतर्क गर्नेले गरून् तर द्वारिका चौधरी गुण्डाराज चलाउन पाउनुपर्छ भनेर बहुलाउन थालेका हुन्। तिनको व्यवहारलाई सहानुभूति र समर्थन गर्नेहरू पहिल्यै बहुलाई सकेका हुन्।
चौधरी सरकार प्रमुख हुन् तर गुण्डा प्रमुखको रोल खेलिरहेका छन् । यस्तो हुनु सभ्य कानुनी समाज हैन, यो अराजक समाज हो जहा सरकार प्रमुख यसरी बोल्ल्छन् र ब्रेनवास्ड कथित बिद्वान पठितहरू कुतर्क गर्दै ताली ठोक्छन्। यो देख्दा नै वाकवाकी लाग्छ। कठै मेरो देशका सरकार र सरकार प्रमुख पनि यस्तो छ , जो कानुन संविधानको रक्षा गर्छु भनेर कसम खान्छ, अनि जनता यस्ता सरकार र सरकार प्रमुखको बर्बराहटमा थपडी बजाउन अभिशप्त छ। यस्तो असभ्य , अराजक सरकार र सरकार प्रमूख एक मिनट पनि सत्तामा बस्न पाईदैन। यस्तालाई गुण्डाराज र गुण्डागिरी भनिन्छ, सभ्य कानुनी सरकार हैन । नेपालीले गुण्डाराज के खोजेको हो ? हो भने यहॉ यी भन्दा ठूला डनहरू कति छन् कति !




