न्यू ग्यालेक्सी वास्केटवल उपाधि कास्की एकेडमीलाई

तेस्रो न्यू ग्यालेक्सी एसइइ वास्केटबल प्रतियोगिता सकिएको छ । पोखरा–३, नदीपुरस्थित न्यू ग्यालेक्सी (उच्च) माविद्वारा आयोजित प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फ कास्की बास्केटबल एकेडमीले उपाधि जित्यो । छात्रतर्फ नगद १० हजार तथा छात्रातर्फ ८ हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगिताको छात्रतर्फ मेसा ‘ए’ र छात्रातर्फ न्यू ग्यालेक्सी (उच्च) मावि उपविजेता बन्यो । उनीहरूले क्रमशः ५ हजार, ४ हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।
यस्तै प्रतियोगिताको हाइस्कोरमा छात्रतर्फ कास्की वास्केटलबल एकेडेमीका राज गुरुङ, छात्रातर्फ न्यू ग्यालेक्सीकी प्रिती गुरुङ तथा उत्कृष्ट खेलाडीमा छात्रतर्फ मेसाका खवीन गर्भूजा र छात्रातर्फ कास्की वास्केटबलकी एकेडेमीकी सर्भिका गुरुङ घोषित भए ।

उनीहरूलाई न्यू ग्यालेक्सीमा फूल स्कुलरसिफको व्यवस्था गरिएको विद्यालयका संस्थापक निर्देशक राजु कायस्थले जानकारी दिए । उनका अनुसार विद्यालयमा पढाई हुने विज्ञान, व्यवस्थापन, टुरिजम्, र होटल म्यानेजमेन्ट जुन संकायमा अध्ययन गर्न चाहे भने कक्षा ११ र १२ मा फुल स्कुलरसिफको व्यवस्था गरिएको छ ।

एसइइ दिएर बसेका विद्यार्थीको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको न्यू ग्यालेक्सी (उच्च) माविका प्रिन्सिपल डा. रामजी शर्माले जानकारी दिए । प्रतियोगितामा छात्रतर्फ १३ र छात्रातर्फ ४ गरी १७ टिम सहभागी भएको विद्यालयका सहायक प्रिन्सिपल राजेश भण्डारीले जानकारी दिए ।

उक्त अवसरमा पोखरा महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष रविन्द्रबहादुर प्रजुले विद्यार्थीका लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गर्न विद्यालयले महत्वपूर्ण भूमिका खेलेको बताए । ‘विद्यालयले गरेका हरेक गतिविधिले पनि यस विद्यालयमा विद्यार्थीको आकर्ष बढ्दो छ’, वडाध्यक्ष प्रजुले भने, ‘विद्यालय प्रति विद्यार्थीको आकर्षण बढाउनका लागि यो विद्यालयबाट सिक्नुपर्दछ ।’

न्यू ग्यालेक्सी (उच्च) मावि विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष डा. एलियामा जोनको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल डा. रामजी शर्माले स्वागत र विद्यार्थी संयोजक धनप्रसाद श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।