अन्नपूर्ण गाउँपालिका अन्तर विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि मर्निङ स्टारलाई

कास्कीको अन्नपूर्ण गाँउपालिका अन्तर विद्यालयस्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि मर्निङस्टार माविले जितेको छ । झरीले लम्बिएको प्रतियोगितामा मर्निङस्टारले ४ स्वर्ण, २ रजत र ३ कास्य पदक जित्दै च्याम्पियन बनेको हो । उमा माविले पनि ४ स्वर्ण, १ रजत र ३ कास्य पदक जित्दै दोस्रो स्थानमा चित्त बुझाएको छ । दुर्गाभवानी मावि ३ स्वर्ण, २ रजत र २ कास्य सहित तेस्रो स्थानमा रहदाँ बहादुरे माविले २ स्वर्ण ५ रजत र ४ कास्य जित्दै चौथो हुन पुग्यो ।

मर्निङ स्टारले एथलेटिक्समा टिम च्याम्पियन हुदाँ राष्ट्रपति रनिङ शिल्डकै उपाधि आफनो नाममा लेखाउन सफल भएको हो । एथलेटिक्समै अधिकांश पदक पदक जितेको हो । उमा मावि र दुर्गाभवानी मावि र बहादुरे माविले पनि अधिकाशं पदक भने एथलेटिक्समै जितेको छ । कबड्डी छात्रा तर्फ फाईनल प्रतिस्पर्धामा सृजना माविले अभिमान मेमोरियललाई पराजित गर्दै स्वर्ण पदक जितेको थियो । तेस्रो स्थानमा भने बाल मन्दिरले ओगट्यो । छात्र तर्फको प्रतिस्पर्धामा भने मेश्रम बराह माविले स्वर्ण, बीरेठाँटी माविले रजत र बाल मन्दिरले कास्य पदक जितेको हो ।

यसैगरी ज्याभलिन थ्रो छात्र तर्फको प्रतिस्पर्धामा उमा मावि दाङसिङका ज्ञानु परियारले स्वर्ण, धौलाश्री स्कुल घान्द्रुक छोमरोङले रजत पदक जित्न सफल भएको हो । छात्रा तर्फको प्रतिस्पर्धामा भने मर्निङस्टारकी अस्मिता दाहालले स्वर्ण पदक जित्दा बहादुरे माविकी सीता भुजेलले रजत र बीरेठाँटी माविकी रोसिका विकले कास्य पदक प्राप्त गरिन् ।

भलिबल तर्फको प्रतिस्पर्धामा छात्र तर्फ घान्द्रुकको खुम्रोखुँ माविले जित्यो । उसले घान्द्रुकै मेश्रम बराह माविलाई पराजित गरेको थियो । बीरेठाँटी मावि भने तेस्रो स्थानमा चित्त बुझायो । यसैगरी छात्रा तर्फ भने बीरेठाँटी माविले स्वर्ण, उमा माविले रजत र अभिमान मेमोरियलले कास्य पदक जितेको छ ।

अन्नपूर्ण गाँउपालिकाको आयोजना तथा कास्की जिल्ला खेलुकद विकास समितिको संयोजनमा सञ्चालित प्रतियोगितामा १८ माविका विद्यार्थीले विभिन्न इभेण्टमा प्रतिस्पर्धा गरेका थिए । पदक विजेता खेलाडीहरुलाई अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर, गाँउपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख बलराम भुगाँई, ढिकुर पोखरी युवा सञ्जालका अध्यक्ष विकास गुरुङ, नेपाल भलिबल संघका केन्द्रीय सचिव डिबी नेपाली तथा कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल लगायतले पुरस्कार वितरण गरेका थिए ।

यसैबीच महानगपालिकास्तरीय प्रथम पराष्ट्रपति यही जेठको अन्तिम साता आयोजना गर्ने निर्णय गरिएको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले जेठ ३१ देखि असार २ गतेसम्म पोखरा रंगशालामा गर्ने निर्णय गरिएको हो । महानगरपालिका भित्र १८० विद्यालय छन् । महानगरपालिका प्रमुख मानबहादुर जिसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, वडा नं १० वडाध्यक्ष राजकुमार गुरुङ, लगायत विभिन्न संघसंस्था, विद्यालयका शिक्षकहरु एवं शिक्षक संगठनका पदाधिकारीहरुको उपस्थितिमा बसेको बैठकले निर्णय गरेको हो । महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड टुंगिएपछि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिने जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यामबहादुर गुरुङले बताए ।

विद्यालयस्तर देखि नै खेलाडी उत्पादन गर्ने अभियान अन्तर्गत यसै वर्षदेखि राष्ट्रपति रनिङ शिल्डको रुवरुप परिवर्तन गरिएको हो । प्रत्येक निर्वाचन स्थानीय तहदेखि नै आयोजना गर्ने प्रावधान अनुसार कास्कीमा तीन गाँउपालिकाले प्रतियोगिता टुग्याईसकेका छन् । माछापुच्छ«े गाँउपािलकाले आयोजना गरिसकेपछि गाँउबाट छनोट विद्यालय र महानगरपालिकाबाट छनोट विद्यालयले जिल्लास्तरीय प्रतियोगितामा च्याम्पियनसीपको लागि प्रतिस्पर्धा गर्ने छन् ।

www.kheladinews.com