विश्वकप क्रिकेटः सन्दिप लामिछाने अफगानिस्तानको पक्षमा !

एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा अहिले अष्ट्रेलिया र अफगानिस्तान भिडिरहेका छन् । 

ब्रिस्टोलमा टस जितेर पहिला ब्याटिङ गरिरहेको अफगानिस्तानले भने खराब सुरुवात गरेको छ । उसले ५ ओभरको खेल सकिँदा २ विकेट गुमाइसकेको छ । मोहम्मद सेहजाद र हजरतुल्लाह जाजाइ दुवै शून्य रनमा आउट भएका छन् ।

नेपाली बलर सन्दिप लामिछानेले भने अफगानिस्तानको पक्षमा देखिएका छन् । पाँच पटकको विश्वबिजेता अष्ट्रेलियासँगको खेल सुरु भएपछि ट्वीट गर्दै सन्दिपले अफगानिस्तानको पक्षमा उभ्याएका हुन् । सार्क राष्ट्र र अर्कोतर्फ युद्धका बीचपनि हुर्किएको क्रिकेट विश्वकपसम्म पुगेकोले अफगानिस्तानप्रति धेरै नेपालीको सहानूभूति रहेको छ । संयोगले सन्दिप अहिले अष्ट्रेलियामै छन् । तैपनि उनले अफगानिस्तानको जितको कामना गरेका छन् ।

Sandeep Lamichhane✔@IamSandeep25

🇦🇫
🏏
💪

Lets go Afghanistan !!!!!!
All the best to everyone. #Australia_VS_Afghanistan #ICCWorldCup2019 9736:17 PM – Jun 1, 2019 · Sydney, New South WalesTwitter Ads info and privacy55 people are talking about this

अहिले भइरहेको अर्को खेलमा भने न्यूजिल्याण्ड विरुद्ध श्रील्ंका १ सय ३६ रनमा समेटिएको छ । १ सय ३७ रनको बिजय लक्ष्यसहित न्यूजिल्याण्डले ब्याटिङ गरिरहेको छ । उसले ५० रन बनाउँदासम्म विकेट गुमाएको छैन ।