साग गेम्स :आर्चरी र प्याराग्लाइडिङको बन्द प्रशिक्षण पोखरामा

- मौसमले प्रभावित गर्ने

पानी कति खेर पर्छ थाहै हुदैन् । पोखराको मौसमको भर नहुदाँ काम साँचेर राख्नहुदैन् । फटाफट नगरिए समस्या बढ्छ । मंसिर तेस्रो साता हुने साग खेलकुल अन्तर्गत प्याराग्लाइडिङ र आर्चरीको बन्द प्रशिक्षण पोखरामै तोकिएको छ । हो, मौममकै कारण बन्द प्रशिक्षणमा खेलाडीले खुलेरै प्रशिक्षण गर्ने सम्भावना निकै कम छ ।

आर्चरी र प्याराग्लाइडिङ दुबै आउट डोर हुन । आर्चरीको इण्डोर प्रशिक्षण मिल्छ । तर आउट प्रशिक्षण गर्न मौसमले साथ दिदैन् । प्याराग्लाइडिङमा पनि एक्युरेसीको प्रशिक्षण हुन्छ । त्यो पनि मुश्किलले दुई पटक मात्रै । टेक अफ र ल्याण्डिङमा ढिलाई गरे एक पटक उडेर अवतरण गर्नुपर्छ । अर्को विधा क्रसकन्ट्रीको भने सम्भावना नै छैन् । क्रसकन्ट्रीमा टास्क पुरा गर्नुपर्दा समय खर्चिलो हुन्छ । समय धेरै लाग्दा भर नभएको मौसमले गर्दा प्रशिक्षण गर्ने सम्भावना देखिदैन् ।

‘एक्युरेसीको बन्द प्रशिक्षण बढीमा दुईपटक सम्भावना छ ।’ प्याराग्लाइडिङका प्रशिक्षक योगेश भट्टराईले भने–‘क्रसकन्ट्रीको सम्भावना यो मौसममा सम्भव छैन् ।’ क्रसकन्ट्री असोजपछिको मौसम मात्रै उपयुक्त हुने उनको भनाई थियो । प्याराग्लाईडिङ हावाको चाप अनुसार उडान र अवतरण हुने हुँदा बादल लागेको मौसममा खेलाडीले खासै राम्रो र प्रभावकारी प्रदर्शन गर्न सक्दैनन् । पोखराको सराङकोटमा प्याराग्लाईडिङको प्रशिक्षण हुने छ । सराङकोट १५९२ मिटरको उचाईमा छ । तर सराङकोटको प्यारग्लाईडिङ उडान क्षेत्र झण्डै १३ सय मिटरको उचाईबाट फेवातालको किनारमा अवतरण गरिने छ ।

प्याराग्लाईडिङ बन्द प्रशिक्षणको लागि परिषदले तत्कालै बजेट विनियोजन भने गरेको छैन् । साग गेम्स पोखरामै आयोजना गर्ने अवस्थामा भने उडान र अवतरणको लागि व्यवस्थित गर्नुपर्ने खाँचो भने प्याराग्लाइडिङ व्यवसायीहरु औल्याउँछन् । गत वर्षको जेठमा इण्डोनेसियामा आयोजित १८ औं एशियन गेम्समा पुरुष क्रसकन्ट्री विधामा नेपालले ऐतिहासिक रजत पदक जितेर फर्किएको थियो । ‘बर्खा छ । पानी कतिबेला पर्छ यकिन नै हुदैन् । त्यसैले एक्युरेसीको प्रशिक्षण हुन्छ ।’ उनले भने–‘खेलाडी छनोट गरेर पठाईसकिएको छ । फाईनल भएपछि बन्द प्रशिक्षण शुरु हुन्छ ।’ बन्द प्रशिक्षणको लागि १० पुरुष र ६ महिलाको नाम पठाईसकिएको उनले सुनाए । परिषदले बन्द प्रशिक्षण थाल्नु भन्ने सूचना दिएपछि बन्द प्रशिक्षण शुरु गरिने उनको भनाई थियो ।

यो मौसममा आर्चरीको पनि इण्डोर प्रशिक्षण मात्रै हुन्छ । आउटडोर प्रशिक्षण सम्भावना नै रहदैन् । पोखरा रंगशालाभित्रको आर्चरी मैदानमा ट्रस हालिएको छ । ट्रस बाहिर आउटडोर प्रशिक्षण गरिन्छ । ‘पानी पर्दा इण्डोर प्रशिक्षण हुन्छ । आउटडोर प्रशिक्षणको सम्भावना रहदैन् ।’ कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले भने–‘ट्रसमा १८ र ३० मिटर तार्गेट हान्न सकिन्छ ।’ उनका अनुसार बन्द प्रशिक्षणमा खेलाडीले १८ र ३० मिटरमै तार्गेट हानेर प्रशिक्षण गर्ने गर्छन् । अन्तिम समयमा मात्रै खेलाडीले आफनो तार्गेटलाई ‘मिट’ गर्न आउटडोर प्रशिक्षण गर्ने उनको भनाई थियो ।

आउटडोरमा ५० र ७० मिटरको हुन्छ । सागमा विशेष गरी ७० मिटरको तार्गेट हुन्छ । वर्षायामकै कारण अहिले आउटडोर प्रशिक्षण नहुदाँ खेलाडीले असोज र कार्तिकमा मात्रै आउटडोर प्रशिक्षण गर्ने उनले बताए । ‘अहिले इण्डोर प्रशिक्षण गर्छन् । असोज र कार्तिकमा आउटडोर प्रशिक्षण गराईने छ ।’ उनले भने । बन्द प्रशिक्षणमा १२ जना खेलाडी छन् । पोखराबाट ४ र काठमाडौंका ८ जना खेलाडी छन् । रिकव र कम्पाउण्डमा प्रतिस्पर्धा हुने छ । विभिन्न १० इभेण्टमा खेलाडीले पदकको लागि प्रतिस्पर्धा गर्ने छन् । व्यक्तिगत(महिला÷पुरुष), महिला तथा पुरुष टिम छुट्टाछुट्टै र मिक्स्ड टिममा प्रतिस्पर्धा हुने छ ।

आर्चरीको लागि पोखराको मैदानलाई प्रशिक्षण एवं प्रतियोगिता स्थलको रुपमा विस्तार गरिएको छ । सागकै तयारीकै लागि राष्ट्रिय खेलकुद परिषदसँग मैदानको लागि ९० लाख रुपैयाँ बजेट अनुमान गरिएको छ । जुन बजेटले मैदान पुर्ननिर्माण गरेपछि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि भने खर्च गर्नुपर्ने अवस्था रहदैन् । मैदानलाई परिषदले विभिन्न समयमा २ करोड भन्दा बढी बजेट विनियोजन गर्दै बर्तमान अवस्थासम्म बनाईएको हो ।

www.kheladinews.com