नेपाल कम्युनिष्ट पार्टी ९नेकपा९का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच ७७ वटै जिल्ला इन्चार्जमा सहमति भएको छ । सोमबार भएको छलफलमा उनीहरुबीच जिल्ला इन्चार्ज र सह इन्चार्जबारे सहमति भएको हो ।
छलफलमा पूर्वएमालेबाट महासचिव विष्णु पौडेल र पूर्वमाओवादीबाट गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादल सहभागी थिए । माधव नेपालको समेत सहमतिमा इन्चार्ज र सहइन्चार्ज तोक्ने तयारी छ । मंगलबार बस्ने सचिवालय बैठकले यसलाई टुंग्याउनेछ ।






