सोलुमा विप्लवका कार्यकर्ता चौकी कब्जा गर्न पुगे, सुइँको पाएर प्रहरी राति नै भाग्यो

सरकारको प्रतिबन्धपछि विप्लव नेतृत्वको नेकपाको पहिलो एक्सन सुरु भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित प्रहरी चौकी कब्जा प्रयास गरेको छ । गएराति करिब ३० जनाको समुहमा आएका विप्लवका लडाकुले प्रहरी चौकी कब्जा प्रयास गरेका हुन् ।

मध्यराति १२ बजेको समयमा विप्लवका कार्यकर्ता चौकीमा पुगेका थिए । विप्लवका कार्यकर्ता चौकीतर्फ आउँदै गरेको सूचना पाएपछि ७ जना प्रहरी हतियार सहित सुरक्षित स्थानमा गएका थिए । प्रहरी नभेटेपछि उनीहरु बिहान ३ बजेसम्म चौकी आसापासकै क्षेत्रमा बसेका थिए ।

विप्लवले चौकी कब्जा प्रयास गरेपछि अहिले जिल्ला प्रशसन कार्यालयमा सुरक्षा समितिको वैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरले बताएका छन् । प्रदेश र जिल्लाबाट नेपाली सेना र प्रहरीको टोली त्यस क्षेत्रमा हेलिकोप्टरबाट पुगिसकेका छन् । विस्तृत जानकारी अझै आउन बाँकी छ ।