भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कृषि क्षेत्रको क्रान्तिबाटै यो मूलकको समृद्धि आउने बताएकी छिन । पाँचथरको फिदिममा आज पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।
उने कृषि क्षेत्र बाट नै यो मूलकले समृद्धि हासिल गर्ने भन्दै अव वाहिर आउने कृषिजन्य वस्तुहरुको आयात रोक्नुपर्नेमा जोड दिईन् । मन्त्री अर्यालले हरेक क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउने सोचका साथ यो सरकारले काम गरिरहेको उल्लेख गरे ।
जनतालाई परिवर्तनको प्रत्याभूति दिने गरिको काम यो सरकारले गरिरहेको बताउदै उनले मालपोत तथा नापी कार्यालयमा अनलाईन डिजिटल प्रविधिबाट काम गर्ने वातावरणको तयारी भैरहेको बताए ।






