महर्षि मुद्गल प्रतिष्ठानको उपाध्यक्षमा कास्कीका कोइराला

महर्षि मुद्गल प्रतिष्ठान नेपालको चितवनमा शनिबार सम्पन्न तेस्रो अधिवेशनले काठमाडौंका श्रीप्रसाद कोइरालालाई अध्यक्षमा चयन गरेको छ । प्रतिष्ठानको उपाध्यक्षहरुमा काठमाडौंका जीवनचन्द्र कोइराला, चितवनका सूर्यनाथ कोइराला, कास्कीका रामजी प्रसाद कोइराला चयन भएका छन् ।

यसैगरी महासचिवमा लमजुङका सूर्यनाथ कोइराला, कोषाध्यक्षमा खोटाङका नवराज कोइराला, सचिवमा ककास्कीका रमेश कोइराला र नवलपरासीका युगेन्द्र कोइराला, सहकोषाध्यक्षमा चितवनकी जमुना कोइराला छन् ।

यसैगरी कन्द्रीय सदस्यहरुमा काठमाडौंका शम्भु कोइराला, सुशिल कोइराला, रामेश्वर कोइराला, कृष्णकुमारी कोइराला, कृष्णमुरारी कोइराला, मकवानपुरका विनोदचन्द्र कोइराला, शिव कोइराला, कास्कीकी भगवती कोइराला (लला), चितवनका रामकृष्ण कोइराला, लेखनाथ कोइराला, धादिङका केदारनाथ कोइराला, ललितपुरका प्रद्युम्न कोइराला, सुनसरीका नेत्रप्रसाद कोइराला, रौतहटका लेखनाथ कोइराला रहेका छन् ।

यस्तै आमन्त्रित केन्द्रीय सदस्यमा कास्कीका नवराज कोइराला, चितवनका रामहरि कोइराला, भुटानका नराद कोइराला, उदयपुरका कुमार कोइराला छन् ।
प्रतिष्ठानको कानूनी सल्लाहकारमा कास्कीका फणिन्द्र कोइराला र सल्लाहकारमा श्रीपति कोइराला गुठी पोखराका अध्यक्ष मोहननाथ कोइराला छन् ।

कार्यक्रमको उद्घाटन नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष रुवयनाथ कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव देवीदास कोइरालाले गरेका थिए ।