तनहुँका तत्कालीन जिल्ला न्यायाधीश ओमकार उपाध्यायविरुद्ध न्याय परिषदले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उपाध्यायविरूद्ध नक्कली प्रमाणपत्र पेश गरी भ्रष्टाचार गरेको आरोप छ । न्यायपरिषदले कारवाही सिफारिस गरेपछि उपाध्यायले दुई हप्ताअघि राजीनामा दिएका थिए ।
उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सजाय र जरिवाना हुनुपर्ने परिषदले दावी गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर सरकारी वा सार्वजनिक पदमा काम गरेको प्रमाणित भए १० देखि २० हजारसम्म जरिवाना र ६ महिनादेखि एक वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।
भारतको कानपुर विश्वविद्यालय ९हाल छत्रपति साहुजी महाराज विश्वविद्यालय० बाट स्नातक तहको शैक्षिक प्रमाणपत्रका रूपमा प्रोभिजनल सर्टिफिकेट मात्र बुझाएको न्याय परिषदले जनाएको थियो ।






