नेपाली कांग्रेसका सांसद अमेरेशकुमार सिंहले राष्ट्रपतिद्वारा प्रदान गरिएको संविधान सभा पदक लिन अस्वीकार गरेका छन् ।
उनले राष्ट्रपतिको आचरण गणतन्त्रको मर्यादा विपरित र जनविरोधी भएका कारण उनीबाट कुनैपनि सम्मान तथा पदक लिन अस्विकार गरेका हुन्।
यसअघि संविधानसभाका सदस्य रहेका नेपाली कांग्रेका नेता लक्ष्मणप्रसाद घिमिरे र राप्रपाका विराज विष्टले पनि सो पदक लिन अस्वीकार गरेका थिए।






