प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकार धेरै लामो समय नटिक्ने दावी गरेका छन् ।
नेपाल प्रेस युनियन रुपन्देहीले आज भैरहवा विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो दावी गरेका हुन् ।
उनले सरकारले संबिधानको मर्म र भावना विपरीत काम गर्दै हिंडेकाले अहिलेको सरकार लामो समय नटिक्ने लक्षण देखाइरहेको बताए ।
सरकारले ल्याएको मिडिया काउन्सिल बिधेयक, स्वतन्त्र न्यायलय माथिको हस्तक्षेप तानाशाहि प्रबृति भएको टिप्पणी गर्दै सभापति देउवाले सरकारले प्रेस र न्यायलयलाई स्वतन्त्र नछोडे राणा, पञ्चायत र राजा जस्तै सदाका लागि कम्युनिष्टहरुलाई पनि हटाउने चेतावनी दिए । उनले सरकारका गलत कामको भण्डाफोरका लागि कांग्रेसले सडक आन्दोलन समेत गर्ने बताए ।






