विप्लव एक दिन अवश्य हाम्रै अभियानमा आउनेछन्

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लवलगायतका कम्युनिष्ट समूहहरुलाई एउटै कम्युनिष्ट पार्टी बनाउने आफ्नो अभियानमा सहभागि हुन आग्रह गरेका छन् ।

आइतबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा विप्लवका पोलिटब्यूरो सदस्य पदम राईलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।

अहिलेको परिस्थिति नितान्त भिन्न परिस्थिति रहेको भन्दै प्रचण्डले लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने जिम्मेवारी सबैको भन्दै उनले समाजवादको आधार तयार गर्ने कुरामा नेकपाले जोड दिएको बताए ।

उनले सवै कम्युनिष्ट समूहहरु एकै ठाउँमा आएर समाजवादी आन्दोलनको नयाँ मोडलमार्फत जनताको सेवा गर्न सकिने बताए ।