ताजा समाचार

जेठ १७ गते २०७६

नेपाल : नेताका लागि स्वर्ग र अरूका लागि नर्क

सांसद भए पछि मासिक रू ५० लाख, बार्षिक ६ करोडको मनमा लागेको ठाउँमा मनमानी खर्च गर्न पाउने ठेक्का मिल्दो रहेछ । यसको १५ प्रतिशत अर्थात महिनाको रू साढे ७ लाख, बार्षिक रू ९० लाख हिसाबै नदेखाई खल्तिमा राख्न पाईने। ५ वर्षे कार्यकालमा रू ३० करोड खर्च गर्न मिल्ने, त्यसको १५ प्रतिशत रू साढे ४ करोड हिसाब नदेखाई खल्तीमा घुसार्न पाईने।

वाह औठाछाप, पढ्नु\ गुन्नु\ गर्नु \जान्नु, केही नगरे पनि काईदाको रू ३० करोडको ५ वर्षे प्रोजेक्ट ब्यावसाय १ मासिक रू १ लाखको उपरी तलबभत्ता अतिरिक्त कमाई त छदैछ ।

एक जना संघीय सांसद बराबर दुई जना प्रदेश सांसद छन्। अब ३३० प्रदेश सांसदले रू ३ करोडका दरले ९९० करोड झारी छाड्नेछन्। संघले जुक्ति सिकाए पछि प्रदेशले अनुसरण त गर्नै परो, तिनले पनि कमाउनै परो, चुनावमा घरखेत सकिएको छ उठाउनै परो, महिनाको रू २५ लाख अर्थात् वर्षको ३ करोड ( ५ वर्षको १५ करोड, यसमध्ये हिसाब दिननपर्ने पकेट खर्च सोझै २।२५ करोड१ त्यसै पनि मोफसलमा बसेर झिगा मार्नुपर्छ, काठमाण्डौं जस्तो रमाईलो रमझम त्यहॉ हुदैन केरे .छाड्नुहोला है माननीय प्रदेश सांसदहरू !

कुन देशमा कर्मचारीको भन्दा निर्वाचीत राष्ट्रपति, प्रम, मन्त्री वा सांसदहरूक तलब बढी हुन्छरु अपवाद बाहेक कही कुनै पनि देशमा नेताको तलब कर्मचारीको भन्दा थोरै नै हुन्छ। भारत मै हेर्दा पनि हुन्छ।

तर अजब नेपालको गजब चाला,छ१ यहॉ जागिरे नेताको तलब जागिरे भन्दा धेरै हुनेगर्छ , त्यसमाथि पकेटबाट खर्च गर्न रू ५० लाख मासिक बजेट पाउछन् ।
सचिव भएर जाबो मासिक रू ५० हजारको तलब, त्यो पनि मर्यादाक्रममा चुत्थो त्यसमाथि पनि करारमा ल्याउन तिनीहरू नै ईजार कस्दै तम्सेका छन् ।

नेताका लागि स्वर्ग र अरूका लागि नर्क बनेछ नेपाल त !

लेखक नेपाल सरकारका पूर्वसचिव हुन् ।