ताजा समाचार

जेठ १७ गते २०७६

गण्डकी प्रदेश एपीएफसंग ६ विकेटले पराजित

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा गण्डकी प्रदेश एपीएफसंग पराजित भएको छ । गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरि एपीएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

गण्डकी प्रदेशले दिएको १२६ रनको लक्ष्य पछाएको एपीएफले २३ ओभरमा ४ विकेट गुमाउदै सो लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको गण्डकी प्रदेशले ४१.२ ओभरमा अल आउट हुदै १२५ रन बनाएको थियो ।

एपीएफले खेलेका तिनै खेलमा जित हासिल गर्दै ६ अंक बटुलेर सेमिफाइनलको यात्रा तय गरेको हो । एपीएफ समुह ए बाट सेमिफाइनलमा पुगेको छ भने समुह बि बाट आर्मी क्लब सेमिफाइनलमा पुगिसकेको छ । त्यस्तै गण्डकी प्रदेश भने अहिलेसम्म खेलेका दुवै खेलमा हार बेहोरेको छ ।

प्रतियोगिता अन्तर्गत शनिबार आर्मी क्लब र नेपाल पुलिस क्लबबीच खेल हुने छ भने अर्को खेल प्रदेश एक र प्रदेश २ बीच हुने छ ।