ताजा समाचार

जेठ १७ गते २०७६

धुर्मुस, सुन्तलीलाई रुवाउनेलाई मुद्दा

धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण थालेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सुरक्षाका लागि लगाइएको तारबार भत्काएको आरोपमा पक्राउ परेका ५ महिलासहित १८ जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाएको छ ।मुख्य आरोपित ३१ वर्षीय प्रकाश कँडेलसहितलाई मुद्दा चलाइएको हो । पक्राउ परी मुद्दा चलाइएका सबै रंगशाला निर्माण भइरहेको भरतपुर महानगरपालिका १६ का हुन् ।

मुद्दा चलाइएकामा ५५ वर्षीय तुलसी गुरुङ, ४६ वर्षीय देव तामाङ, २७ वर्षीय राजन सापकोटा, ३२ वर्षीय सन्जु गुरुङ, ४० वर्षीय भैरव वस्ताकोटी, ३४ वर्षीय सुरेन्द्र विक, २५ वर्षीय कृष्ण कँडेल, ३६ वर्षीय दिपक आचार्य, ३६ वर्षीय राजु सापकोटा, २८ वर्षीय देव गुरुङ, १९ वर्षीय विपिन भट्टराई, ४९ वर्षीय धु्रव चापागाई रहेका छन् । त्यस्तै मुद्दा चलाइएका महिलाहहरुमा ४० वर्षीया पारु परियार, २९ वर्षीया यसोदा पौडेल, , ३४ वर्षीया कोपिला सापकोटा, ५६ वर्षीया ईश्वरीमाया तामाङ र ३४ वर्षीया मन्जु चापागाई रहेका छन् ।