ताजा समाचार

जेठ १६ गते २०७६

प्रधानमन्त्री ओली दिल्ली पुगे

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सरिक हुन प्रधानमन्त्री केपी ओली नयाँ दिल्ली पुगेका छन् ।

प्रधानमन्त्री ओली बिहीबार अपरान्ह ३ बजे दिल्लीको पुगेका हुन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडानबाट विमानस्थल अवतरण गरेका प्रधानमन्त्री ओलीलाई भारतीय विदेश मन्त्रालयका सचिव ए गितेश शर्माले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओली बिहीबार साँझ भारतीय राष्ट्रपतिको कार्यालयमा हुने मोदीको सपथ ग्रहण समारोहमा सरिक हुनेछन् । प्रधानमन्त्री ओलीको टोलीमा प्रमुख परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र सचिव शंकरदास बैरागीसहित उच्च अधिकारीहरु रहेका छन् ।

दोश्रोपटक प्रधानमन्त्री भएयता ओलीको यो दोश्रो भारत भ्रमण हो । यसअघि ओलीले २०७४ साल चैत्रमा भारत भ्रमण गरेका थिए । ओली शुक्रबार ३ः४० मा स्वेदश फर्किने कार्यक्रम रहेको छ ।