ताजा समाचार

जेठ १६ गते २०७६

तेस्रो अभियान पुरुष भलिबल प्रतियोगिता शुरु

पोखरा महानगरपालिका–५ मालेपाटन खेल मैदानमा बिहीबारदेखि तेस्रो सस्करणको अभियान पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । पोखरा महानगरपालिका –२४ पामेस्थित लौरुक युथ क्लबले विजयी शुरुवात गरेको छ ।

मालेपाटन मैदानको भलिबल कोर्टमा आयोजित प्रतियोगिताको उदघाटन खेलमा लेकसाईडमा रहेको चिल्लीबार रेष्टुरेण्टलाई २५–१२ले पहिलो सेट जितेको लौरुकले दोस्रो सेट गुमाएपछि खेल निकै प्रतिस्र्धात्मक बन्न पुग्यो । २१–२५ मा दोस्रो सेट गुमाएको लौरुकले तेस्रो तथा अन्तिम सेट भने आफनो पक्षमा पार्दै जित सुनिश्चित बनायो । तेस्रो सेट भने २५–१८ मा लिदैं सहज जितको आत्मसात गर्यो ।

यसैगरी दोस्रो खेलमा बाराही मावि मालेपाटनले न्यु डायमण्ड बोर्डिङ स्कुल लेखनाथ तालचोकलाई सोझो सेटमै पराजित गरेको छ । बाराहीले २५–१९, २५–१७ को सेटमा पराजित गरेको थियो । तेस्रो खेलमा भने साईनिङस्टार युथ क्लबले वाक ओभर पाएको छ । प्रतियोगितामा विभिन्न ठाँउका १४ टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको उदघाटन पोखरा महानगरपालिका वडा नं ५ का वडाध्यक्ष धनबहादुर नेपालीले गरेका थिए । खेलकुदको विकास र विस्तारमा वडाले सहयोगी भूमिका खेल्ने प्रतिबद्धता उनले गरे । राष्ट्रिय खेलुकद परिषदको ४५ लाखको लागतम मैदान वरिपरी तालजाली लगाएपछि भलिबल कोर्ट निर्माण गर्दै अभियान क्लबले वर्षेनी पुरुष भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

क्र्वाटरफाईनल अघिका खेलहरु बेष्ट अफ थ्रीमा खेलाईने आयोजक अभियान युथ क्लबले जनाएको छ । क्र्वाटरफाईनल पछिका खेलहरु भने बेष्ट अफ फाईभमा खेलाईने छ । प्रतियोगितामा उत्कृष्ठ खेलाडी, बेष्ट सर्भर, सेटर, डिफेण्डर, ब्लकर र स्पाईकरलाई ट्रफी प्रदान गरिने छ । विजेता क्लबले नगद ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँ नगदराशीसहित ट्रफी प्राप्त गर्ने अभियान युथ क्लबका अधयक्ष मोहनबहादुर केसीले जानकारी दिए ।

kheladi news