ताजा समाचार

जेठ १६ गते २०७६

रंगशाला भत्काउने नेकपा नेतालाई कारवाही

 चितवनमा निर्माणधिन अवस्थामा रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काएपछि उक्त घटनाको चर्काे बिरोध भईरहेको छ । उक्त बार भत्काउने पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थानीय नेता प्रकाश कँडेलले नै मुख्य नेतृत्व गरेका थिए ।

घटनाका मुख्य आरोपी कँडेललाई कारवाही गर्न चौतर्फी दबाब बढेसंगै नेकपा चितवनले कारवाही गरेको छ । पार्टीले कँडेललाई निलम्बन गरेको हो । यसैगरी उक्त घटनामा संलग्न रहेका भैरव बस्ताकोटीलाई पनि दुई महिनाका लागिपार्टी सदस्यबाट निलम्बन गरिएको पार्टीले जनाएको छ ।  जिल्ला अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजित’ ले आज एक विज्ञप्ति जारी गर्दै रंगशालाको बार भत्काएको प्रति गम्भीर ध्यानार्कषण भएको भन्दै दुईलाई कारवाही गरेको जनाएको छ ।

विज्ञप्तिमा दोषीहरुबाट कानुनी कारवाही अगाडी बढाउँदै क्षतिपुर्ती भराउँन समेत माग गरेको छ । विज्ञप्तिमा भनिएको छ “धुर्मुस सुन्तली फाउन्डेसनले देश तथा बिदेशमा रहेका आम नेपालीहरुको आर्थिक सहयोगमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला चितवनको मात्र नभईकन नेपालकै गौरव हो । भोलीको समृद्ध नेपाल निर्माणमा यो रंगशाला निर्माणले ठुलो महत्व राख्ने हाम्रो पार्टीको ठहर पनि हो” । यसै गरी पार्टीले उक्त घटनाबाट धुर्मुस सुन्तली फाउन्डेसनलाई कति पनि बिचलित नहुन आग्रह गरिएको छ ।

रंगशाला निर्माणको लागि पार्टी सधै साथ र सहयोगका लागि तयार रहेको समेत प्रतिबद्धता जनाईएको छ । हिजो प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले रंगशालाको बार भत्काईदिएका थिए । उनीहरुले रंगशालामा कार्यरत कर्मचारीहरुलाई धम्काउने कमिशन माग्ने , उनीहरुको मान्छे हाल्नु पर्ने , उनीहरुको मेशिन चल्नु प¥यो यस्ता यस्ता धम्कीहरु पटक पटक दिएको धुर्मुसले बताएका थिए ।