ताजा समाचार

जेठ १५ गते २०७६

खेलकुदलाई करिब ४ अर्ब

आगामी मंसिरमा आयोजना हुने साग खेलुकद प्रतियोगिताको तयारीमा जुटिरहदाँ सरकारले खेलुकदको लागि ३ अर्ब ९९ करोडको बजेट विनियोजन गरेको छ । बुधबार सरकारका अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै भौतिक पुर्वाधार लगायत विभिन्न खेलुकद गतिविधिको बजेट प्रस्तावित गरिएको हो ।

डिसेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने साग गेम्सको लागि आवश्यक भौतिक पुर्वाधार तयार पार्नुपर्ने खाँचो छ । प्रस्तावित गरिएको बजेटको आकारले भने खेलकुद क्षेत्रमा अपुग हुने ठम्याई खेलकुदकर्मीले गर्दै आएका छन् । अर्कोतिर नेपालले क्रिकेटमा प्राप्त एकदिवसिय मान्यता अनुसार पुर्वाधार बनाउनुपर्ने आवश्यकता छ । भएको एउटा मात्रै अन्तराष्ट्रियस्तरको टियु क्रिकेट मैदान समेत आईसिसीले मान्यता नदिदाँ पुर्वाधारयुक्त बनाउनुपर्छ । पोखरा रंगशालाकै फुटबल मैदान बनाउन १ अर्ब २८ करोडको लागतमा निर्माण गर्न सम्झौता गरिएको छ । पहिलो वर्षमा ५३ करोडबाट शुरु गरिएको फुटबल मैदानसहितको पुर्वाधार बनाउन यही असार मसान्तसम्म टुग्याउनुपर्ने छ ।

अर्थमन्त्री खतिवडाले एक बिद्ध्यालय एक खेलकुद शिक्षकको ब्यवस्था मिलाइने प्रस्तावित बजेट बक्तव्यमा उल्लेख गरेका छन् । मुलपानी क्रिकेट मैदानको लागि स्तरोन्नति गर्न १० करोड रुपैयाँ विनियोजन गरिएको छ । हरेक प्रदेशमा कम्तीमा एक एक रंगशाला निर्माण गर्ने उल्लेख गरिएको छ। क्रिकेट एकेडेमी स्थापना गरिने समेत सरकारले चासो दिएको छ ।

kheladinews.com