ताजा समाचार

जेठ १५ गते २०७६

किन भत्काए स्थानियले धुर्मुस/सुन्तलीले निर्माण गरिरहेको क्रिकेट रंगशाला ?

चितवनमा धुर्मुस सुन्तलीद्धारा निर्माण भैरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला स्थानीयले भत्काएका छन्।

स्थानियले बुधबार बिहान रंगशालाको बार र संरचना भत्काइएको हो । रामपुर कृषि क्याम्पसका लागि अधिग्रहण गरेको जग्गामा क्रिकेट रंगशाला निर्माण गर्न थालेपछि विवाद भएको थियो।

केही स्थानीयले रंगशालाको बार र निर्माण गरेको भौतिक संरचना भत्काएको प्रहरीले पुष्टि गरेको छ। बार भत्काउने केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीद्धारा घटनाको थप अनुसन्धान भैरहेको छ ।