ताजा समाचार

जेठ १४ गते २०७६

पोखरा १७ का स्कुलको फुटबलमा छोरेपाटनको सहज जित

स्थानीय तहको निर्वाचनको दुई वर्षका पुगेको अवसरमा पोखरा महानगरपालिका वडा नं १७ ले आफनै वडा भित्रका विद्यालय बीच फुटबल प्रतियोगिता शुरु गरेको छ । पोखरा महानगरपालिका वडा नं १७ को आयोजना तथा ड्यामसाईड युथ क्लबको व्यवस्थापनमा मंगलबारदेखि संघीय प्रहरी ईकाई कार्यालयको खेल मैदानमा शुरु भएको छ ।

प्रतियोगितामा वडाभित्रका १७ विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा उदघाटन खेलमा छोरेपाटन माविले मिलेनियम बोर्डिङ स्कुलको सामना गर्दै विजयी शुरुवात गरेको छ । छोरेपाटनका लागि ईश्वर सुवेदीले ह्याट्रिक गर्दै म्यान अफ दि म्याचको पुरस्कार थापे ।

दोस्रो खेलमा पोखरा स्पाईल ग्यालेक्सीले हिमालयन बोर्डिङ स्कुललाई २–१ गोलले पराजित गर्दै क्र्र्वाटरफाईनल प्रवेश गरेको छ । खेलमा सन्दीप कुँवरले म्यान अफ दि म्याचको पुरस्कार पाए । शिशु कल्याणलाई शिशु निकेतन बोर्डिङ स्कुलले वाक ओभर दिएको थियो । वडाध्यक्ष तीर्थ अधिकारीले रेफ्रीको भूमिका निर्वाह गरेका गम्भीर परियारलाई बल हस्तान्तरण गर्दै उदघाटन गरेका थिए । प्रतियोगितामा विजेता विद्यालयले २५ हजार राशीसहित ट्रफी प्राप्त गर्ने छ ।

उपविजेता विद्यालयले १५ हजार, तेस्रो हुने विद्यालयको हकमा १० र चौथो स्थानमा रहने विद्यालयले भने नगद ५ हजार रुपैयाँ सान्त्वना पुरस्कार प्राप्त गर्ने छ । फेयर प्लेसहित उत्कृष्ठ गोलकिपर, डिफेन्स, मिडफिल्ड र स्ट्राइर्कर तथा सर्वोत्कृष्ठ खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने ्यामसाईड युथ क्लबका अध्यक्ष पदमबहादुर ढकाले जानकारी दिए । उनीहरुले ट्रफी पुरस्कार स्वरुप प्राप्त गर्ने छन् । प्रतियोगिताको लागि ४ लाख ५० हजारको खर्चको अनुमान गरिएको छ ।